२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाली महिलाहरू शान्तिका प्रतिक : उपाध्यक्ष घिमिरे

नेपाली महिलाहरू शान्तिका प्रतिक : उपाध्यक्ष घिमिरे

नेपाली महिलाहरू शान्तिका प्रतिक : उपाध्यक्ष घिमिरे

नेपाली महिलाहरू शान्तिका प्रतिक : उपाध्यक्ष घिमिरे

नेपाली महिलाहरू शान्तिका प्रतिक : उपाध्यक्ष घिमिरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • नवलपरासी  । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमीरेले नेपाली महिलाहरु शान्तिका प्रतिक भएको बताएकी छिन् । उनले उक्तकुरा नेपाल जेसीजले आयोजना गरेको १८औं नेशनल लेडी एकेडेमीको कार्यक्रमा बताएकी हुन् । 


    नेपालीहरुले जहिले पनि शान्तिको कामना गरेका हुन्छौं, तथापी त्यसभित्र पनि महिलाहरु अझै शान्तिप्रिय बनिरहेका हुन्छन्, कार्यक्रमका प्रमुख अतिथि रहेकी घिमिरेको भनाइ थियो ।  लुम्बिनी प्रदेश शान्तिका अग्रदुत गौतमबुद्धको क्षेत्र भएका कारण पनि यहाँको महत्व ठूलो रहेको हँुदा महिला सशक्तिकरणको अभियानलाई अगाडि बढाउन नेशनल लेडी एकेडेमी महत्व राख्ने बताइन् । 


     महिलाहरु लामो समयदेखि महिला सशक्तिकरणको अभियानमा लागेको बताउँदै उनले अहिलेको व्यवस्था अनुरुप कानुन निर्माणको प्रकृयामा सहभागी हुन जरुरी भएकोमा जोड दिइन् । 


    वर्तमान संविधानमा महिलाका केही अधिकार सुनिश्चित गरिएको भए पनि पर्याप्त नभएको हुँदा महिला सशक्तिकरणको अभियानसँगै राजनीतिको मूल प्रवाहमा समाहित हुन जरुरी भएकोमा जोड दिँदै उपाध्यक्ष घिमिरेले राजनीति सबैले गर्नु पर्दछ भन्ने होइन्, तर राजनीति बुझ्रनु जरुरी रहेको जनाइन् । ‘हामी जबसम्म राजनीतिमा जोडिंदैनौ तबसँग हामीले चाहेको कानुन निर्माण गर्न सक्र्दैनौ ।’– उपाध्यक्ष घिमिरेको भनिन् । महिला आन्दोलनका कारण राज्यको महत्वपूर्ण स्थानमा महिलाहरु पुगेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले हिजोको इतिहासलाई बुझेर वर्तमानमा अगाडि बढ्न जरुरी भएको बताउँदै हजुर आमाहरुले रचेको इतिहासलाई अगाल्दै आगामी पुस्तालाई सुन्दर भविश्यका लागि काम गर्न जरुरी भएको उनले बताइन । 


    दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका १९ लेडी जेसीज शाखाका १ सय बढी युवा महिलाहरुको सहभागिता रहने छ । कार्यक्रममा रामग्राम लेडी जेसीजकी अध्यक्ष प्रिति अग्रहरिले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा विषयगत क्षेत्रका चार जनाले प्रशिक्षण दिने छन् । जसमा मिस नेपाल २००५ कि सुहारीका केसीले पनि प्रशिक्षण दिने छिन् । 


    कार्यक्रममा प्रदेश सभासद बैजनाथ जैसवाल, कार्यक्रम मूल संयोजक रिंगला यादव, नेपाल जेसीजकी एकेडेमी निर्देशक सीता भन्डारी, रामग्राम जेसीजका अध्यक्ष विष्णु रावलगायतले नेशनल लेडी एकेडेमीको कार्यक्रका बारेमा चर्चा गरेका थिए ।

    कार्यक्रममा विभिन्न विधामा योगदान पु¥याउने ५ जनालाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको थियो । जेपाल जेसीजको आयोजना रामग्राम लेडी जेसीजको आतिथ्यतामा भएको उक्त नेशनल एकेडेमी सोमबार सकिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij