२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन

सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलमा दिप प्रज्जवलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटवल । सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवलको राजमार्ग चौराहमा दिप प्रज्जवलन गरिएको छ। रोटरी क्लव अफ बुटवलको संयोजन र सुरक्षित यात्रा अभियानको सहकार्यमा यस क्षेत्रका रोटरी क्लवहरु तथा बिभिन्न संघ संस्थाहरुको आयोजनामा दिप प्रज्जवलन गरिएको हो। 

    सन् २००५ देखि संयुक्त राष्ट्र सङ्घको आब्हानमा प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा स्मृती दिवस मनाउदै आएको छ।  

    बिश्वमा बढदै गएको अकाल मृत्युको प्रमुख कारण बनेको सडक दुर्घटनाका मृतकहरुको सम्झना र घाईते तथा अंगभंग भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त कार्यक्रम गर्ने गरीएको रोटरी क्लवअफ क्यापिटल बुटवलका अध्यक्ष अमित अधिकारीले बताए। 

    उनले रोटरी क्लव अफ क्यापिटल बुटवलले सडक सुरक्षालाई आफ्नो अभियानको रुपमा बार्षिक क्यालेण्डर नै बनाए कार्यक्रम गरि रहेको बताए। 

    उनले सडक दुर्घटनाबाट उत्पन्न भयावह अवस्थालाई न्युनिकरण गर्न सर्वपक्षिय चासो र सरकारको गम्भिरताको खांचो रहेको बताए।  उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले स्मृती दिवसको औचित्य र महत्त्व प्रकाश पार्दै सबैको सहकार्यका कारण पछिल्लो समय यस क्षेत्रमा दुर्घटना न्युनिकरण भएको बताए।

    पाण्डेले सडक दुर्घटनाबाट भएको अबौंको भौतिक क्षतिको तथ्याङ्क प्रस्तुत गर्दै विशेष गरी बालबालिका र युवाहरूका लागि सबैभन्दा ठूलो मृत्युको कारण सडक दुर्घटना बनिरहेको बताए। कार्कीले युवा उमेरका व्यक्तिहरूको मृत्युले देशको आर्थिक विकास र सामाजिक प्रगतिको मेरुदण्डमाथि नै गम्भीर चोट पुर्‍याई रहेको उल्लेख गर्दै आगामी दिनमा दुर्घटना नहोस भन्ने गरी सचेतना अपनाउन जरुरी रहेको बताए। 

    कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल बुटवल, रोटरी क्लव अफ तिनाउ बुटवल रोटरी क्लव अफ बुटवल साउथ, रोट्याक्ट क्लव अफ बुटवल साउथ, रोटरी क्लव अफ लुम्विनी स्टार्स, पश्चिम नेपाल बस ब्यवसायी प्राली, नमस्ते नेपाल, यातायात मजदुर तथा ब्यवसायी भलाईकोष, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्विनी प्रदेश, इलाका प्रहरी कार्यालय बुटवल लगायत यातायात मजदुर संघ संगठन र सडक सुरक्षामा चासो राख्नेहरुको सहभागिता रहेको थियो। 

    नेपाल प्रहरीको तथ्याङ्कमा गत आर्थिक बर्ष २०८१ / ०८२ मा मात्रै देशभर २८ हजार ६ सय ९२ सवारी दुर्घटना भएको, दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५ सय ४९ जना भएको बताए। उनले दुर्घटनाबाट ६ हजार ९ सय ७६ जना गम्भीर घाइते  तथा २७ हजार २ सय भन्दा बढी सामान्य घाइते भएको देखिएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij