२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

     

    बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।

     


    अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल समेतलाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ ।

    ४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए।

     


    गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

     

    सोही मुद्दामाथि सुनुवाइ गर्दै अदालतले हसिना र पूर्वगृहमन्त्री खान कमालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

     

    सोही आन्दोलनका कारण हसिना सत्ताच्यूत भएकी थिइन् । अगस्ट २०२४ मा  हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन् ।

    बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।

     

    के हो मुद्दा ?

    गत जुनमा भएको आन्दोलनमा हसिना नेतृत्वको तत्कालीन सरकारको दमनका कारण १४०० मानिसको हत्या र २५ हजार मानिस घाइते भएको आरोप लगाइएको थियो ।

     

    अभियोजक पक्षले अदालतलाई मृत व्यक्तिको सूची समेत बुझाएको थियो ।

    पूर्वप्रधानमन्त्री हसिनासमेत तीन अभियुक्त विरुद्ध लगाइएको आरोपको समर्थनमा अदालतमा ७४७ पेजको दस्तावेद दाखिला गरिएको थियो ।

     

    हसिनासहित, तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखविरुद्ध आन्दोलनमा हत्या, हत्या प्रयास, षड्यन्त्र, दमन गर्न उक्साएको जस्ता गम्भीर आरोप लगाइएको थियो ।

     

    अभियोजक ताजुल इस्लामले १३ जनाको हत्यामा उल्लेखित आरोप समेत रहेको अदालतमा उल्लेख गरेको छ ।

     

    उनले भने, ‘शेख हसिनाले गत सात १४ जुलाईमा प्रधानमन्त्री पदमा बस्दा एक पत्रकार सम्मेलनमा छात्रहरूलाई ‘रजाकर’को नाती भनेर उक्साउने किसिमको टिप्पणी गरेकी थिइन् ।’

     

    बंगलादेशमा रजाकरलाई देशद्रोही वा गद्दारका रूपमा अपमान गर्न प्रयोग गर्ने प्रचलन छ । सन् १९७१ मा बंगलादेश मुक्ति युद्धका दौरान पाकिस्तानी सेनालाई सघाएका गरेका र देशविरुद्धको जघन्य अपराधमा संलग्न रहने समुदाय, व्यक्ति, जातीविरुद्ध यस्ता शब्द प्रयोग हुने गर्छ ।

     

    आरोप पत्रमा भनिएको छ,‘अभियुक्त असदुज्जमान खान कमाल र चौधरी अब्दुल्ला अल मामूल समेत सरकारका शीर्ष अधिकारीहरूको उक्साहट र उनीहरूको सहायताले कानुनी व्यवस्था सम्हाल्ने निकाय तथा सत्तारुढ अवामी लिगका हतियारधारी समूहले ठूलो मात्रामा सुनियोजित तरिकाले निहत्था छात्रछात्राहरू र आम मानिसमाथि आक्रमण गर्नुका साथै हत्या समेत गरे, हत्या प्रयास र उत्पीडनमा सहायता पुर्‍याए ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij