२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं। रुपन्देहिको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा सविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ।

    भेटमा भैरहवा तथा सिद्धार्थनगर क्षेत्रमा ओभरहेड विद्युत लाइनहरूलाई भूमिगत गर्ने विषयमा विस्तृत छलफल भएको छ। मन्त्री घिसिङले यो योजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै चाँडै नै आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।

    नगर प्रमुख खानले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरू बैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केबल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गर्नुभएको थियो।

    सो अबसरमा मन्त्री घिसिङले भने "भैरहवाको तीव्र शहरीकरण र बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिकतामा राख्नेछौं। यो योजनाले विद्युतीय दुर्घटना न्यूनीकरण, शहरको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनेछ। हामी छिट्टै प्राविधिक टोली पठाएर कार्यान्वयनको तयारी थाल्छौं।"

    भेटमा नगर प्रमुख खानले यो प्रतिबद्धताप्रति हार्दिक धन्यवाद दिँदै भने, "सिद्धार्थनगर नेपाल-भारत सीमाको व्यस्त व्यापारिक केन्द्र हो। ओभरहेड तारहरूले बारम्बार हुने दुर्घटना र सौन्दर्यह्रासले हाम्रो शहरको विकासमा बाधा पुर्याइरहेको छ। मन्त्रीज्यूको यो सकारात्मक प्रतिक्रियाले हाम्रो लामो समयदेखिको माग पूरा हुने अपेक्षा छ। यो योजनाले स्थानीय बासिन्दाहरूलाई सुरक्षित र भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै पर्यटकीय आकर्षण बढाउनेछ। हामी स्थानीय तहबाट पूर्ण सहयोग गर्न तयार छौं।"

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij