२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही व्यापार संघमा चुनाव :  केहि पदाधिकारीमा मात्रै एकल उम्मेदवारी

रुपन्देही व्यापार संघमा चुनाव :  केहि पदाधिकारीमा मात्रै एकल उम्मेदवारी

रुपन्देही व्यापार संघमा चुनाव :  केहि पदाधिकारीमा मात्रै एकल उम्मेदवारी

रुपन्देही व्यापार संघमा चुनाव :  केहि पदाधिकारीमा मात्रै एकल उम्मेदवारी

रुपन्देही व्यापार संघमा चुनाव :  केहि पदाधिकारीमा मात्रै एकल उम्मेदवारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटवल। रुपन्देही व्यापार संघद्धको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशन अन्तरगत आगानी नेतृत्व चयनका लागि मिश्रित उम्मेदवारी दर्ता भएको छ । 

    निर्वाचन कार्यत्रम अन्तरगत सोमवार उम्मेदवारी दर्ता समय तालिका अनुसार केहि पदमा दोहोरो उम्मेदवारी परेको छ भने केहि पदहरुमा एकल उम्मेदवारी परेको छ ।

    जस अनुसार अध्यक्षमा प्रकाश ढकाल र दयानीधि भण्डारीको उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डे, द्वितिय उपाध्यक्षमा मनिराम खनाल(मणी) र मनहरि वस्याल, सचिवमा मेघनाथ पौडेल र जयलाल न्यौपाने, सहसचिवमा माधवप्रसाद ज्ञवाली र नलराज नेपालको उम्मेदवारी परेको छ । 

    यसैगरि प्रथम उपाध्यक्षमा ऋषिराम पाण्डे, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई, सचिव महिलामा बृन्दा भट्राई आचार्य, सहकोषाध्यक्षमा जिवनारायण घिमिरेको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक लेखनाथ ढकालले जानकारी दिए ।

    यसैगरि २ जना महिला सदस्यमा शोभाकुमारी जोशी क्षेत्री र इश्वरा देवकोटा(इशु) मात्र उम्मेदवारी परेको छ ।

    फर्साटिकर शाखा सदस्यमा तिलक आचार्य, सालझण्डी शाखामा कुलबहादुर विसी, सेमलार शाखामा देवी शर्मा चपाई र सम्बद्ध शाखा सदस्यमा हरि बहादुर सुनारको मात्र उम्मेदवारी पर्दा भएको छ । 

    कार्य समितिको खुल्ला १६ सदस्य पदका लागि १८ जनाको उम्मेवारी दर्ता भएको छ । जसमा पिताम्बर अर्याल, तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, गोकुल ज्ञवाली, टेकराज पन्थी(पन्थी टेर्डस), गोविन्दप्रसाद चापागाई, टेकराज पनथीप्(सिद्र्धाथ डिजिटल), विजय ज्ञवाली, जिवन काफ्ले, लक्ष्मी भट्टराई, सरोजकुमार गहतराज, अशोक ज्ञवाली, नारायण वस्याल, पारसमणि पोखरेल, मिनप्रसाद नेपाल, मुरारीराज भण्डारी, केदार नेपाल, सरोज ज्ञवाली रहेका छन ।

    मंगलवार साझ ५ वजेसम्म उम्मेदवारी फिर्ता गने निर्वाचन कार्य तालिका अनुसार आगमाी मंसिर ५ गते मतदानको समय रहेको छ । संघमा कुल २५ सय ७८ मतदाता संख्या रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij