२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेटवार्ता गरेकी छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन्।

     

    ‘प्रधानमन्त्रीले चुनावी वातावरण चाहनुभएको छ। त्यही क्रममा उहाँले आवश्यक ठानेको व्यक्तिहरू, पार्टीहरू, नेताहरूलाई भट्दै आउनुभएको छ,’ कांग्रेस नेता गुरूराज घिमिरेले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘त्यही क्रममा हामीलाई पनि बोलाइन् । हामी गयौं।’

     


    उनले भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण राखेको पनि जानकारी दिए।

    ‘उहाँले पछिल्लो अवस्था बारे कुरा राख्नुभयो । देश सम्हाल्ने कुरा, लोकतन्त्रको मुलभूत मर्मअनुरुप यसलाई आफ्नो बाटोमा अगाडि बढ्न दिने, त्यसका निम्ति तोकिएको समयमै म्यान्डेडअनुसार समयभित्रै निर्वाचन गराउने कुरामा प्रतिवद्धता जनाइन्,’ नेता घिमिरेले भने।

     


    जवाफमा कांग्रेस नेताहरूले निर्वाचनलाई पार्टीले सहर्ष रुपमा स्वागत गरेको र २१ फागुनको निर्वाचनमा सहभागी हुने कुरा राखेका थिए।

    ‘प्रधानमन्त्रीले चुनावको वातावरण निर्माणका लागि आग्रह गरिन्,’ घिमिरेले भने, ‘हाम्रो पार्टीले पनि निर्वाचनलाई सहर्ष रुपमा स्वागत गर्ने, सहभागी हुने हामीले पनि भन्यौं। मूल कुरा फागनु २१ मा निर्वाचन हुने कुरामा उनले प्रतिवद्धता जनाइन् ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij