२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पिस पोस्टर प्रतियोगितामा पामिर विजेता

पिस पोस्टर प्रतियोगितामा पामिर विजेता

पिस पोस्टर प्रतियोगितामा पामिर विजेता

पिस पोस्टर प्रतियोगितामा पामिर विजेता

पिस पोस्टर प्रतियोगितामा पामिर विजेता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • बुटवल । रोटरी क्लब अफ बुटवलले आयोजना गरेको शान्ति तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमी विजेता भएको छ ।


    प्रतियोगितामा फस्ट रनर अफमा दीप बोर्डिङ् हाइस्कुल र सेकेन्ड रनर अफमा अक्सफोड सेकेन्डरी स्कुल भएका छन् । त्यस्तै प्रतियोगिताको सान्त्वना पुरस्कारबाट न्यू इनभारोमेन्ट इङ्ग्लिस स्कुल भएको छ । प्रतियोगितामा विजेताले नगद ८ हजारसहित मेडल र ट्रफि पुरस्कार प्राप्त गरेको छ भने  फस्ट रनर, सेकेन्ड रनर र सान्त्वनाले क्रमशः ५ , ३ र २ हजार नगद, मेडल र ट्रफि पुरस्कार प्राप्त गरेका छन् । विजेता तथा उप–विजेताहरुलाई क्लबका अध्यक्ष कृष्ण पराजुली, निर्वतमान अध्यक्ष प्रज्वल थान्जु, दीप बोर्डिङ् स्कुलका अध्यक्ष राजेन्द्र ध्वजु  कार्यक्रम संयोजक डीआर पन्थीले पुरस्कार प्रदान गरेको क्लबका सचिव शिवकुमार ज्ञवालीले बताए  ।


    प्रतियोगितामा १२ देखि १८ वर्ष उमेर समूहका इन्ट्¥याक्ट क्लबमा आबद्धहरुले प्रतिष्पर्धा गरेका थिए । यस क्षेत्रका ११ वटा विद्यालयबाट १८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।


    प्रतियोगितामा शान्ति र द्वन्द्वका सन्र्दभमा  देखिएका सामाजिक परिवेश, के गर्दा शान्ति स्थापना गर्न सकिन्छ र द्वन्द्व कसरी सुरु हुन्छ भन्नेबारेमा युवा विद्यार्थीहरुले निकै रोचक प्रस्तुति देखाएको क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij