२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आजदेखि भैरहवामा महोत्सव

आजदेखि भैरहवामा महोत्सव

आजदेखि भैरहवामा महोत्सव

आजदेखि भैरहवामा महोत्सव

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • भैरहवा । भैरहवामा आजदेखि ‘सातौं लुम्बिनी महोत्सव–२०८२ सुरु हुँदैछ । स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले महोत्सव आयोजना गरेको हो । 


    मंसिर २१ गतेसम्म हुने महोत्सवका लागि ३५ वटा उप–समितिले सम्पूर्ण काम गरी भव्यताका साथ मेलाको तयारी गरेको मेला मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले जनाए । ‘महोत्सवलाई पूर्ण सफल बनाउन सबै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेका छौं, यो मेला विगतको भन्दा धेरै फरक र गुणस्तरीय रहने छ ।’–उनले भने । 


    यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आइफील टावरलगायत बालउद्यानको मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवर्धन गर्नेलगायत महोत्वको उद्देश्य रहेको उनले जानकारी दिए ।


    महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक बित्तीय १० र व्यापारतर्फका १ सय ६० गरी ३ सय ५० वटा स्टल रहेको छ ।

     
    महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ ।


    १ करोड रुपैयाँ अनुमानित लागतमा सञ्चालन हुन गइरहेको महोत्सवमा  ५ करोड रुपैयाँको कारोबार हुने  र १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 


    साँस्कृतिक उप–समिति संयोजक तथा संगठनका सल्लाहकार नारायणप्रसाद भण्डारीले स्थानीय कलाकार देखि राष्ट्रिय कलाकारसम्मको प्रस्तुति महोत्सवमा हुने बताए । हामीले विद्यालयस्तरीय  नृत्य तथा  कार्यक्रम, प्रदेशस्तरीय नृत्य तथा कार्यक्रम र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए । उनका अनुसार महोत्सवमा प्रिती पासवान, एलिना चौहान, दुर्गेश थापा, हेमन्त शर्मा, स्थानेश्वर गौतमलगायतका कलाकारको प्रस्तुति रहनेछ ।


    लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पु¥याउने, कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पु¥याउने, आधुनिक उपकरण नविन प्रविधि र औद्योगिक उपकारणकाबारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने मुख्य उद्देश्य महोत्सवको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij