२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलको पुषे महोत्सव विवादमा चार संस्थाबिच सहमति

बुटवलको पुषे महोत्सव विवादमा चार संस्थाबिच सहमति

बुटवल उप–महानगरपालिकाको सहजीकरणमा विवादको समाधान भएपछि रुपन्देही उद्योग संघले यस वर्षको औद्योगिक प्रदर्शनीको तयारी सुरु गरेको छ ।

बुटवलको पुषे महोत्सव विवादमा चार संस्थाबिच सहमति

बुटवलको पुषे महोत्सव विवादमा चार संस्थाबिच सहमति

बुटवल उप–महानगरपालिकाको सहजीकरणमा विवादको समाधान भएपछि रुपन्देही उद्योग संघले यस वर्षको औद्योगिक प्रदर्शनीको तयारी सुरु गरेको छ ।

बुटवलको पुषे महोत्सव विवादमा चार संस्थाबिच सहमति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • बुटवल
    बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल (बुटवल मण्डप) मा हरेक वर्ष पुस पहिलो हप्ता सुरु हुने औद्योगिक प्रदर्शनी तथा व्यापार महोत्सव आयोजनाका विषयमा लामो समयदेखि जारी विवादमा सहमति भएको छ । 
    बुटवल उप–महानगरपालिका र बुटवलका प्रमुख चार व्यवसायिक संस्थाबिच आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति भएको हो । 


    चार संस्थामध्ये रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले यस वर्षको महोत्सवमा आ–आफ्नो पालो भन्दै दाबी गरेपछि विवाद बढेको थियो । सुरुमा उद्योग व्यापार संघ बुटवलले महोत्सवको तयारी गरेको भए पनि पछि रुपन्देही उद्योग संघले पनि आफ्नो पालो औद्योगिक प्रदर्शनीको तयारी थालेपछि विवाद बढेको थियो । 


    दुबै संस्थाले एकै थलोमा व्यानर र बोर्ड टांगेर आफ्नो पालो भन्दै अडान नछाडेपछि महोत्सव नै अनिश्चित भएको थियो । यस विवादमा बुटवल उप–महानगरपालिकाले चार वटा संस्थाबिच समन्वय गरेर पटकपटक वार्ता र छलफल गरी सहमतिको विन्दुमा ल्याएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । 


    बुटवलमा उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले आलोपालो महोत्सव गर्दै आएकामा उद्योग व्यापार संघले पनि पुषमा हुने महोत्सवमा पालो पाउनुपर्ने माग गर्दै आएको थियो । उक्त संस्थाले २०७८ पुसमा महोत्सव आयोजना गरेकाले २०८२ मा आफ्नो पालो भएको तर्क गर्दै आएको थियो । तर पुराना तीन संस्थाले आफूले मात्रै आलोपालो पुषे मेला सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेर बुटवल उप–महानगरपालिकाको नेतृत्वलाई दबाब दिएका थिए । तर उद्योग व्यापार संघले तीन संस्थाको सिण्डिकेट मान्य नहुने भन्दै स्थानीय, प्रदेश र संघ सरकारसम्म डेलिगेसन गई दबाब सिर्जना गरेर अडान नछाडेपछि बुटवल उप–महानगरपालिकाले चार संस्थाबिच सहजीकरण गरेर सहमति जुटाएको बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।


     सहमतिअनुसार २०८२ को पुषको औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले, २०८३ को व्यापार मेला उद्योग व्यापार संघ बुटवलले, २०८४ को व्यापार मेला रुपन्देही व्यापार संघले र २०८५ सालको मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्ने सहमति भएको छ । २०८५ पछिका औद्योगिक प्रदर्शनी र मेला महोत्सव पनि यहीअनुसार चार संस्थाबिच क्रमशः आलोपालो प्रणालीमा चार संस्थाबिच सहमतिका आधारमा सञ्चालन हुने रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
    १६आँै औद्योगिक प्रदर्शनीको तयारी


    बुटवल उप–महानगरपालिका र चार संस्थाबिच महोत्सव आयोजनाका विषयमा उत्पन्न विवादको समाधान भएपछि रुपन्देही उद्योग संघले यस वर्षको औद्योगिक प्रदर्शनीको तयारी सुरु गरेको जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी चार संस्थाबिच आपसी सहमतिमा विवाद टुंगिएकाले प्रदर्शनीको तयारी पुनः सुरु गरेको जनाएको छ ।  

       
    संघले पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सञ्चालन गर्ने अध्यक्ष कृष्ण पराजुलीले बताए । 


    बुटवल मण्डपमा निर्माणाधिन प्रदर्शनी स्थलमा सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनका ५ सय स्टल रहने उनले बताए । 


    अवलोकनकर्ताको सहजताका लागि प्रदर्शनीमा छुट्टाछुट्टै १० वटा पेभिलियन रहने उनले बताए । प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन र प्रविधि मात्र समावेश हुने उनले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तास“ग सोझो सम्पर्क स्थापित गराउ“दै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा अध्यक्ष पराजुलीले बताए । 


    प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटीलगायतका करिब ५ सय स्टलहरु रहने तथा करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोबार हुने अनुमान गरिएको संघका महासचिव सुमन बस्यालले जानकारी दिए । 


    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार, स्थानीय कलाकारहरुको प्रस्तुति, सांगितिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक प्रतियोगिता आदि रहने बस्यालले बताए । 
    प्रदर्शनी सम्पन्न गर्न मुल समिति, विशेष सल्लाहकार समिति, सल्लाहकार समिति, विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उप–समितिहरु गठन गरिने वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij