बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
यस क्षेत्रको आधिकारीक बिक्रेता काशी ईलेक्ट्रिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको कार्यक्रमको कम्पनीका भारत माकेर्टिङ हेड मनोज पोदार, नेपालका विजनेश हेड विकास पोदारले विद्युतिय सामग्री उत्पादन गर्दा नयाँ नयाँ प्रविधिको प्रयोग गरी समयसापेक्ष र आम उपभोक्ताको माग अनुसार रहेको बताए ।
विशेष गरी भोल्टेज समस्या नहुने, उपभोक्ताको समस्या समाधानसहितको उत्पादन रहेको पोदारको दाबी छ । कम्पनीको हाल ७ सय बढी ईलेक्ट्रिक उत्पादनहरु रहेका छन् ।
नयाँ र प्रविधियुक्त उत्पादन रहेको छ । सोही कार्यक्रममा नेपाल विद्युतिय व्यवसायी महासंघको हालै सम्पन्न अधिवेशनबाट द्धितीय उपाध्यक्ष पदमा नवनिर्वाचित भएका प्रकाशचन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेललाई बधाईसहित सम्मान गरिएको छ ।
रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष सागरराज खरेलले बोल्दै विद्युतकर्मीहरुको हकहितमा निरन्तर लाग्नुपर्ने बताए ।
कार्यक्रममा सुनसरी जिल्लाबाट डिलर आनन्द चित्लागिया, चितवनका प्रविण पौडेल, पर्साका कृष्ण पटेलको विशेष उपस्थिती रहेको थियो ।
यसैगरी उत्प्रेरणा कार्यक्रममा सहभागी एक सय ५० बढी विद्युतकर्मीहरुलाई लक्कीड्रमार्फत विभिन्न मेशिन, फ्रिज उपहार प्रदान गरिएको काशी ईलेक्ट्रिक स्टोरका प्रबन्ध निर्देशक सन्दिप कशौधनले बताए । कार्यक्रममा काशीका डाइरेक्टर राहुल कशौधनले विद्युतकर्मीहरुलाई आगामी दिनमा समेत उत्प्रेरणामुलक र तालिमका कार्यक्रममा जोड दिने प्रतिवद्धता जनाए ।




