नवलपरासी । रामग्राम नगरपालिकामा रहेको कोलीय गणराज्यको राजधानी पन्डितपुरदेखि उत्तर पूर्वमा रहेको बन्जरीमाइ नजिकै रहेको भोगाड क्षेत्रको उत्खनन्का लागि अध्यायन सुरु गरिएको छ ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुधवार भूमिपुजन गरेर उत्खनन् सुरु गरेका छन् । पुरातत्व विभागका पुरातत्व विद भास्कर ज्ञवाली , त्रिभुवन विश्वविद्यालय नेपाल इतिहास तथा पुरातात्विक केन्द्री य विभाको डाक्टर आवजित थापा र डाक्टर लोकनाथ दुलालको टोलीले अध्ययन सुरु गरेको छ । त्रिभुवन विश्व विद्यालय नेपाल इतिहास तथा पुरातात्विक केन्द्रीय विभागका २५ जना र लुम्बिनी बौद्ध विश्वविद्यालयका ५ जना विद्यार्थीको टोलीलाई तालिम प्राक्टिकल समेत गराइने त्रिभुवन विश्वविद्यालयका डाक्टर आवजित थापाले बताए ।
मंसिर २ गतेदेखि १५ गतेसम्म उक्त क्षेत्रको अध्ययन अनुसन्धान गरेर त्यहाँ प्राप्त भएका सामग्रीहरु व्यवस्थापनका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइनेछ । रामग्राम १४ को पण्डितपुरमा विभिन्न समयमा भएको उत्खनन्मा गौतमबुद्धको कोलीय गणराज्यको राजधानी र मावली पण्डितपुर हुन सक्ने आधार यसभन्दा पहिले नै विभिन्न ऐतिहासिक सामग्री फेला परेका थिए । अहिले अध्ययन गर्न लागेको क्षेत्र कस्तो क्षेत्र र कति पुरानो हो । यसको उत्खनन्मा कस्ता सामग्री प्राप्त हुन्छन्, त्यसपछि मात्र यसको बारेमा भन्न सकिने पुरातत्व विद् भास्कर ज्ञवालीले बताएका छन् ।
यस क्षेत्र पनि कोलीय गणराज्यको राजधानी पण्डितपुर नजिकै रहेको हँुदा महत्वपूर्ण पुरातात्विक क्षेत्र हुन सक्ने अनुमान गरिएको छ । २०६६।६७ मा यस क्षेत्रलाई पुरातत्व विभागले साँस्कृतिक सम्पदामा राखेर काम सुरु गरेको थियो ।
पुरातत्व विभागले पण्डितपुरमा धेरै पटक उत्खनन् गरिसकेको छ । भूमिपुजनपछि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पण्डितपुर क्षेत्रको रामग्राम बन्जरीमाई, हडौया पोखरी क्षेत्र कोलीय गणराज्यअन्तर गत पर्ने कुरा बताएका छन् ।




