२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी महोत्सव सुरु

लुम्बिनी महोत्सव सुरु

लुम्बिनी महोत्सव सुरु

लुम्बिनी महोत्सव सुरु

लुम्बिनी महोत्सव सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • भैरहवा  । रूपन्देहीको भैरहवामा बुधबारदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।


    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।


    महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले जनाए । उनले महोत्सवमा झण्डै ३ सय वटा स्टल रहेको जानकारी दिए । ‘महोत्सव सञ्चालनका लागि अस्थायी संरचना निर्माणमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ,’ उनले भने–‘भैरहवामा स्थायी मण्डप आवश्यक छ । महोत्सवलाई अझै परिमार्जन र परिस्कृत गर्दै अघि लैजानुपर्ने आवश्यकता छ ।’
    महोत्सवको बुधबार एक समारोहकाबिच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


    सो अवसरमा मन्त्री पाण्डेयले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको बताए । उनले अहिलेसम्म सबैभन्दा पीडित उद्योगी–व्यवसायी रहेको बताए । ‘नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिन्छ,’ उनले भने–‘नेपाललाई पर्यटनको देश प्रकृतिले नै बनाइदिएको छ । आर्थिक समृद्धिको आधार पर्यटन हो ।’ पर्यटकलाई सहज रुपमा भित्र्याउनुपर्नेमा उनले जोड दिए । ठाउँठाउँमा चेकिङका नाममा पर्यटकलाई दुःख दिन नहुने मन्त्री पाण्डेयको भनाइ छ ।


    उनले मेला महोत्सवका बेला मात्रै स्थायी मण्डपका कुरा नगर्न आग्रह गर्दै स्थानीय सरकारले जग्गाको खोजी गरे प्रदेश सरकारले मण्डप निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    त्यस्तै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायादेवी र सियारी मिलेर उप–महानगरपालिका÷महानगरपालिका बनाउनुपर्ने बताए । उनले आर्थिक मन्दीको बेला पनि चेम्बर अफ कमर्श, रुपन्देहीले महोत्सवको आयोजना गर्ने हिम्मत गरेर अन्य उद्योगी–व्यवसायीलाई उर्जा प्रदान गरेको बताए । उनले वर्तमान सरकार सचेत भएर जनताको पक्षमा काम गर्नुपर्ने जनाए ।


    लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासे (के.सी.) ले स्थानीय बजार प्रवर्धनका सामान स्थानीय बजारमा नै खरिद गर्नुपर्नेमा जोड दिए । उनले उद्योगी–व्यवसायीका मर्का बुझ्ने गरी सरकारले निर्णय गर्नुपर्ने बताए । स्थायी मण्डपका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।


    सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा अधिकारीले निजी क्षेत्र समस्यामा रहँदारहँदै पनि आँट र हिम्मतका साथ महोत्सव सञ्चालन गर्नु सराहनीय रहेको बताइन् । उनले भदौ २३ र २४ गतेको घटनाका कारण अर्थतन्त्रमा समस्या आएको बताइन् ।
    नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले हरेक आन्दोलनको पहिलो शिकार निजी क्षेत्र हुने गरेको बताए । उनले महोत्सवले सार्थक पहिचान दिनुपर्नेमा जोड दिए । प्रसाद शर्माले आन्दोलनको नाममा निजी संस्थामाथि प्रहार गरिएको बताए । उनले यस्तो कठिन अवस्थामा पनि निजी क्षेत्रले महोत्सव सञ्चालन गरेर सबैतिर निराशा छाएको बेला आशा जगाउन खोजेको उल्लेख गरे ।


    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले मेलालाई अझ व्यवस्थित गर्न स्थायी मण्डप आवश्यक रहेको बताए । उनले यस्ता महोत्सवले आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग गर्ने जनाए ।


    चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले संस्था स्थापनाकालदेखि नै उद्योगी–व्यवसायीको हकहितसँगै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने महोत्सव सञ्चालन गर्दै आएको बताए ।


    चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सवको उद्घाटन समारोह अघि भैरहवाको देवकोटाचोकदेखि औद्योगिक जनचेतना ¥याली निकालिएको थियो । उक्त ¥याली बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै अञ्चलपुर (महोत्सवस्थल) मा पुगेर समापन भएको संस्थाका सचिव कृष्णप्रसाद पाण्डेले जानकारी दिए । ¥यालीमा विभिन्न संघ–संस्था तथा विद्यालयहरुको सहभागिता रहेको थियो ।


    सातौं लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने महोत्सवको करिब १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् । त्यस्तै महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ । 


    महोत्सवको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय सिद्धार्थनगर, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्श, लुम्बिनी, मुख्य प्रायोजकमा एस.आर. स्टिल एण्ड एस.आर. फुड्स प्रा.लि., सनसाइन फुड प्रा.लि., रिया एण्ड रक्षा फुड प्रा.लि., सह–आयोजकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेश रहेका छन् ।


    त्यसै गरी प्रवद्र्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश, सचिवालय प्रायोजकमा मंगलम इण्डष्ट्रिज, ग्रेट प्रायोजकमा माउण्ड एभरेष्ट कत्था मिल्स, मुख्य आधिकारिक बैंकमा नेपाल एसबीआई बैंक लि., आधिकारिक बैंकमा प्रभु बैंक लि., इन्स्योरेन्स पार्टनरमा युनाइटेड एजोड इन्स्योरेन्स लि. र सहयोगी संस्थाहरु यस क्षेत्रका सम्पूर्ण संघ–संस्थाहरु छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij