२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशुलीमा खसेको दुईवटा बसको ६ दिनसम्म अत्तोपत्तो छैन ।

    २८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशुलीमा खसालेको थियो ।

    जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।

    जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।

    भेटिएका शवहरु तिनै बसका यात्रु भएको पुष्टि भएको अवस्थामा पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ । बस खसेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

    सुरुका दिनमा सुरक्षाकर्मीहरुले मोटरबोटमार्फत खोजी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले खोजी गरिएको थियो । हुक र चुम्बकको सहायताले पनि खोजी गरियो ।

    पानी धमिलो र अत्याधिक बहाब भएकाले गोताखोर टोलीहरु पानीमुनि जान नसकेको उद्दारमा संलग्न सुरक्षा निकायहरुले बताएका छन् ।

    त्यसपछि सोनार क्यामेरा तथा वाटर ड्रोनको सहायताले पनि खोजी गरियो । यही प्रविधिबाट खोजी जारी छ ।

    गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा घटनास्थल पुगेर अवलोकन गरिसकेका छन् ।

    नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हालेपछिको पहिलो निर्णय नै सिमलताल बस दुर्घटना अध्ययनका लागि सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले बुधबार घटनास्थल पुगेर अवलोकन गरेको छ ।

    तर अहिलेसम्म नदीले किनारमा उतारेका शव बटुलेर सनाखत गर्दै आफन्तको जिम्मा लगाउनुबाहेक यो दुर्घटनामा अन्य प्रगति हुन सकेको छैन । निरन्तर एक हप्तासम्म खोजीमा खटिँदा गोताखोरसमेत शिथिल हुने अवस्था भएको उद्दारमा खटिएकाहरु बताउँछन् ।

    किन पत्ता लागेन बस ?

    सशस्त्र प्रहरी बलको खोजी तथा उद्दार विषयमा जानकार डीएसपी लक्ष्मण बस्नेत बस पत्ता नलाग्नुको प्रमुख तीन कारण छन् रहेको बताउँछन् ।

    पहिलो, पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको संकेत अपरेटरले बुझ्न नसक्नु । दोस्रो, बस बगाएर हाल खोजी गरिएको क्षेत्र भन्दा अन्यत्र पुर्‍याउनु । तेस्रो, कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोँचमा बस च्यापिएकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।

    उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ । यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । तर अहिले त्रिशुलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको उनको बुझाइ छ ।

    अहिले त्रिशुलीमा प्रयोग भएको क्यामेराले ३०० मिटर गहिराइसम्म काम गर्ने भनिए पनि त्रिशुलीको अहिलेको पानीका कारण २/३ फिट गहिराइसम्म पनि काम गर्न सकेको छैन । पानीमुनि प्रकाश पनि पुग्दैन । त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी नभएको नभएको उद्दारकर्ताहरुको भनाइ छ ।

    विपद व्यवस्थापन तथा उद्दार मामिलाका जानकार नेपाल प्रहरीका पूर्वएआईजी ठूले राई पनि त्रिशुलीमा पानीको उच्च बहाबका कारण उद्दारकहरु भित्रसम्म जान नसक्नु र गए पनि स्थिर भएर काम गर्न नसक्दा बस फेला पार्न कठिन भएको हुन सक्ने बताउँछन् । ‘हुकिङ गरेर पानीमुनिको वस्तु तान्ने तथा पहिचान गर्ने पनि हुन्छ । तर त्यो पनि हाइ करेन्ट र धमिलो पानीका कारण समस्या भएको देखिन्छ’, राईले  भने ।

    धेरै देशमा यस्ता नदीहरुमा गरिने खोज तथा उद्दारको शैली नेपालको जस्तै हो । यो अवस्थामा उद्दारका लागि प्रयोग गरिने प्रविधिलाई राडर सिस्टम भनिन्छ ।

    त्यही राडर सिस्टमभित्र, वाटर ड्रोनदेखि हुकिङ, सोनार क्यामेरा, चुम्बक विधि पर्छन् । राडार डिभाइसहरु पानीभित्र छाडेर त्यसले पानीभित्रको वस्तु क्याप्चर गर्ने र बाहिर डिस्प्ले गर्ने गर्छ । तर उच्च बहाब र पानी धमिलो भएका कारण सोचेजसरी काम हुन सकेको छैन ।

    अहिले त्रिशुलीमा ठूलो बाढी आएको र बाढीमा ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि बगाएर ल्याएकाले खोज्न गाह्रो भएको उद्धारमा संलग्नहरुको भनाइ छ ।

    अर्कोतर्फ सोनार तथा वाटर ड्रोन प्रविधिका अपरेटरहरुलाई यस्तो खोज तथा उद्दारको धेरै अनुभव छैन । यहाँका नदीमा यही प्रविधिको प्रयोगबाट उद्दार कार्यहरु गरिरहने अपरेटर भएको अवस्थामा डिभाइसले गरेका संकेतको अर्थ बुझ्न सहज हुने थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij