२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै

पश्चिम पाल्पाको रैनादेवी मन्दिरमा न्वागी मेला हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा  ३ भुवनपोखरी गोखुङ्गा रैनादेवी मन्दिर परिसरमा  यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ ।  यस वर्ष कार्तिक २७ गते देवीको लागि मुठी लिएको र मंसिर ७ गते साढे  ९ बजेभित्र पूर्व फर्केर रैनादेवीलाई नयाँ धानको अक्षेता चढाउने कार्यक्रम रहेको छ । 


    परम्पराकालदेखि नै पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची, दक्र्षिण गुल्मीका जनताले रैनादेवी भगवतीलाई  उत्पादन गरेको  नयाँ धान, चामल चढाएर मात्र खाने दिनलाई न्वागी पर्वको रुपमा मनाउने प्रचलन रहँदै आएको छ । यस क्षेत्रमा परापूर्वकालदेखि नै  देवीलाई धान चामल चढाउने, पूजा पाठ गर्ने, स्तुती गान गर्ने र सोही रातीदेखि  नै देवी मन्दिर परिसरमा आ–आफ्नो जात जातिको कला संस्कृति प्रस्तुति गरी देवीलाई खुसी पार्ने चलन रहेको छ । पश्चिम पाल्पामा नयाँ धान भित्राएपछि लामाधामीले देवीसँग सोधी दही चामल सिलाम केरा महलगायतका बस्तु देवीलाई अर्पण गरेपछि मात्र, आमरुपमा  उपभोग गर्ने चलन रहेको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास स्वरुप पश्चिम पाल्पाका जनताले  परम्पराकालदेखि नै न्वागी पर्वलाई  उत्सवको रुपमा मनाउँदै आएका छन् । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धती, कृषक तथा कला संस्कृतिसँग गासिएको छ ।

     
    न्वागी पर्वको अवसर पारेर रैनादेवी छहरा गाउँपालिका ३ नं. वडा कार्यालय र रैनादेवी मन्दिर व्यवस्थापन समितिले रैनादेवी मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथिहरुलाई नयाँ धानको  दही र चामल खुवाउने र   पालिकास्तरीय मौलिक कला संस्कृतिसहितको विभिन्न किसिमका परम्परागत मौलिक कला संस्कृति तथा  नाच प्रदर्शन गरिने वडाध्यक्ष प्रदिप पौडेलले जानकारी दिए ।  


    रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख  पञ्चेवाजा, सोरठी, मालश्री, ठुलो नाच, रत्यौली, झाम्रे चुडका, लाखे, कौडा मारुनी जस्ता विभिन्न जात जातिका स्थानीय मौलिक कला संस्कृतिसहितको  प्रतियोगिता सञ्चालन गरिने वडा अध्यक्ष पौडेलले बताए । 
    स्थानीय मौलिक कला संस्कृतिलाई जोगाउन, स्थानीय कला संस्कृतिलाई बचाउन, स्थानीयस्तरमा कलाकार उत्पादन गर्न पालिकास्तरीय कला संस्कृति प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले बताए । पालिकाको नाम समेत यसै मन्दिरबाट भएको, पालिका भित्रका हरेक वडा तहका धार्मिक आस्थासँगै कला संस्कृति जर्गेना गर्ने काममा पालिका लागिपरेको  गाउँपालिकाका अध्यक्ष  भट्टराईले बताए । 


    मौलिक कला संस्कृति प्रतियोगितामा  प्रथम हुनेलाई १५ हजार,  दोस्रो हुने टोलीलाई १२ हजार, तेस्रो नाचलाई १० हजार र  सहभागी सबै टोलीहरुलाई ५ हजारका दरले पुरस्कारको व्यवस्था रहेको रैनादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपालसिंह खाम्चाले जनाए ।  


     रैनादेवी मन्दिर विषयमा अनौठो परम्परागत मान्यता रहेको छ । हालको रैनादेवी मन्दिर भएको जंगल न्यौपाने बाहुनको बारी रहेको थियो ।  गाईले दैनिक रुपमा दूध नदिएपछि, न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जाँदा बारीको बिचमा  सुनको मौलोमा दूध चढाइरहेको देखेपछि  दुवै जनाले सुनको मौलो खन्दै जाँदा तल तल  भासिदै गयो । सुनको टाउको  भाचेर भए पनि लैजान्छु भनी कोदालोको  पासोले हान्दा रगताम्य भई रुदै देवी उत्पन्न भएको भनाइ रहेको छ । देवी  भागेर अन्य स्थान जाँदै गर्दा दर्लामी र सोमै मगरले रोकी पूजाआजा सुरु गरेको भनाइ रहँदै आएको छ । आमरुपमा  रोइन देवी, रोइन देवीभन्दा भन्दै अपभंश भई रैनादेवी हुन गएको बुढापाकको भनाइ रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij