बुटवल । रूपन्देही व्यापार संघ, बुटवलको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारण सभा तथा १३आंै अधिवेशनबाट ढकाल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत भएको हो । ढकाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा दयानिधि भन्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, द्वितीय, उपाध्यक्ष मा मनहरि बस्याल, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई, सचिवमा जयलाल न्यौपाने, महिला सचिवमा बृन्दा आचार्य, सह–सचिव पदमा नलराज नेपाल निर्वाचित भएका छन् ।
संघमा पदाधिकारीसहित ३२ जना सर्वसम्मत रुपमा निर्वाचत भएका हुन् । सह–कोषाध्यक्षमा जीवनारायण अधिकारी र सदस्यहरुमा तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, टेकराज पन्थी, गोविन्दप्रसाद चापागाईं, विजय ज्ञवाली, जीवन काफ्ले, लक्ष्मी भट्टराई, सरोजकुमार गहतराज, अशोक ज्ञवाली, नारायण वस्याल, पारसमणी पोखरेल, मिनप्रसाद नेपाल, मुरारीराज भण्डारी, केदारनाथ नेपाल, सरोज ज्ञवाली, शोभाकुमारी जोशी, इश्वरा देवकोटा, हरिबहादुर सुनार, तिलक आचार्य, कुलबहादुर विसी, देवी चपाईंलगायतका सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी गराए ।




