बुटवल । सुशासन र राजनीतिमा युवा नेतृत्व स्थापित गर्ने उद्देश्यसहित रुपन्देहीका विभिन्न स्थानीय तहमा जेन–जी समिति गठन गरिएको छ । शनिवार रुपन्देहीको तिलोत्तमाको वन वाटीकामा भएको संयुक्त भेलाले बुटवल, तिलोत्तमा र सियारीको समिती गठन गरेको हो । यस अघि नै सिद्धार्थनगर र सैनामैनाको पनि समिति गठन भएको थियो । बुटवल उपमहानगरमा अस्लाम खांन संयोजक र अखिल कंडेल सचिव रहेको समिति चयन भएको छ । यस्तै तिलोत्तममा सन्देश खरेल संयोजक, निश्चल थापा सह संयोजक र विबेक खड्का सचिवमा चयन भएका छन् । यस्तै सहसचिव अनिशा ज्ञवाली र आशिष गुप्ता,कोषाध्यक्ष सन्तोष भण्डारी,सदस्यहरुमा सुजन थापा,रेशम कार्की,रवि यादव,नेहा कंडेल,पवन खरेल र सौरव खड्का रहेका छन् । यस्तै सियारीमा रवि श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।
त्यस अघि भेलाको उदघाटन कार्यक्रममा बोल्दै चिरन क्षेत्रीले अभियानमा जोडिनेहरुलाई कुनैपनि राजनैतिक दलमा नलाग्न सुझाव दिए ।
यस्तै डा निकोलस भुसालले जेनजी आन्दोलन दवाउन र गोली हानी हत्या गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको बताए । जेन जी आन्दोलनले युवाको केवल १० प्रतिशत मात्र पुरा भएको र आन्दोलन जारी रहेको दावि गरे । जेनजी रुपन्देहीका संयोजक राजु श्रेष्ठले रुपन्देही देशकै अग्रणी जिल्ला भएकाले यहांका जेनजीले देशलाई नै मार्गनिर्देशन र नेतृत्व गर्ने गरी संगठित हुन र सरकारी निकायमा हुने अनियमितता, बेथिति र भ्रष्टाचारका विरुद्ध खरोरुपमा उत्रिन आग्रह गरे ।
यस्तै जिल्ला सचिव सुरज पोखरेल, मनोज विश्वकर्मा, पवन दमासे, अनिल मरासिनी लगायतले जेन–जीमा जोडिनेहरुले सामाजिक काम तथा श्रमदानलाई प्राथमिकता दिन जरुरी रहेको आंैल्याए ।
रुपन्देहीका विभिन्न पालिकामा समिती गठन भैसकेपछि जिल्ला समिती चयन गर्ने जेन जी रुपन्देही सचिव सुरज पोख्रेलले बताए ।




