२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई युवक पक्राउ

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई युवक पक्राउ

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई युवक पक्राउ

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई युवक पक्राउ

महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई युवक पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ– नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।

     

    सुनसरीमा आयोजना गरिएको युवा संघको कार्यक्रम सहभागी हुन जान लागेका बस्नेतमाथि मोरङको विराटनगर विमानस्थल नजिकै आइतबार बिहान ११ बजेतिर आक्रमण प्रयास भएको हो।

     

    बस्नेत चढेको बा १७ च ५९६१ नम्बरको गाडीमाथि आक्रमण प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी कोपीला दुलालले जानकारी दिइन्।

     

    सार्वजनिक भिडियोमा पनि गाडीमाथि आक्रमण भएको देखिएको छ। तर ढुङ्गा प्रहार भएको हो वा अन्य कुनै वस्तु प्रहार भएको प्रहरीसमेत अनुसन्धानमा छ।

     

    आक्रमण प्रयास गर्ने दुई युवालाई प्रहरीले नियन्त्रमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १ का २५ वर्षीय संजोग गौतम र वडा नम्बर २ का १९ वर्षीय अर्पित कुवँर रहेका छन्।

     

    बस्नेत विरानटनग विमानस्थल हुँदै सुनसरी जाने कार्यक्रम तय भएपछि केही युवाहरू विमानस्थल बाहिर आएर विरोध प्रदर्शन गरेका थिए।

    सोहीक्रममा बस्नेतमाथि आक्रम प्रयास भएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij