२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालमै पहिलोपटक स्याङ्जामा ध्वनि चिकित्सा

नेपालमै पहिलोपटक स्याङ्जामा ध्वनि चिकित्सा

नेपालमै पहिलोपटक स्याङ्जामा ध्वनि चिकित्सा

नेपालमै पहिलोपटक स्याङ्जामा ध्वनि चिकित्सा

नेपालमै पहिलोपटक स्याङ्जामा ध्वनि चिकित्सा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलोपटक ध्वनि चिकित्सा पद्धती (माध्यम) बाट उपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले ‘साउण्ड हिलिङ सेन्टर’ स्थापना गरी ध्वनि चिकित्सा पद्धतीबाट उपचार सेवा सुरु गरेको हो ।
    अर्जुनचौपारी गाउँपालिका–१ मा स्थापित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा ध्वनि चिकित्सा पद्धती सञ्चालनमा आएको छ । मानिसमा कार्य ब्यस्तता बढेसँगै तनाव बढ्दै जाने र जसले शरीरका महत्वपूर्ण ऊर्जाहरु क्षीण भई रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली कमजोर बन्दै जाँदा ध्वनि चिकित्सा पद्धतीको उपचार बरदान सावित हुन अपेक्षा गरिएको छ ।


    विभिन्न सप्त धातुहरुबाट निर्मित उपकरणको प्रयोगबाट मानिसको शरीर, मन र आत्मालाई ध्वनिको माध्यमबाट शुद्धगरी सप्त चक्रलाई क्रियाशिल गरिन्छ । ध्वनिबाट सकरात्मक सोंचको सृजना गराएर विकास गराउँदै उर्जा प्रदान गर्ने पद्धती नै ध्वनि चिकित्सा हो ।


    गाउँपालिकाद्वारा सञ्चालित नवप्रवर्तनशिल कार्यमध्ये ध्वनि चिकित्सा पद्धतीले अर्जुनचौपारीलाई वेलनेश टुरिजमको गन्तव्य बनाएर विकासका गतिविधि सञ्चालन गर्ने गाउँपालिकाले योजना बनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले नेपालमै पहिलो पटक सुरु गरिएको ध्वनि चिकित्सा पद्धतीलाई आगामी दिनमा नवग्रह मन्दिरमा आउने भक्तजनलाई समेत सेवा उपलब्ध गराउने गरी योजना बनाएको बताइन् ।


    ध्वनि उपचार पद्धति प्राचीन प्राकृतिक चिकित्सा पद्धति हो । ध्वनि उपचारले शरीरको ऊर्जा क्षेत्र र चक्रहरुसँग सीधा सरोकार राख्छ । जब ऊर्जा क्षेत्र र चक्र सन्तुलित हुन्छ मानव शरीर स्वस्थ बन्दै जान्छ भन्ने विश्वास गरिन्छ । उपचारपछि शरीरले स्वतः आफ्नो प्राकृतिक क्षमतामा क्रियाशिल बन्दैजाँदा मानिस स्वच्छ बन्दै जाने बताइन्छ ।


    ध्वनि उपचारमा मस्तिष्क र स्नायु प्रणालीलाई प्रभाव पार्न विशेष तरङ्गको प्रयोग गर्छ । सोही तरङ्गको फ्रिक्वेन्सीले मस्तिष्क र स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउने काम गर्छ भन्ने विश्वास छ । निष्कृय भएका शरीरका विभिन्न अंगमा ध्वनिले ऊर्जाशिल बनाउँदैै सन्तुलन पुनःस्थापित गराउन उपचार सहयोगी बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताए ।


    शरीर र मनमा भएका अनेकौँ विकारजन्य वस्तुलाई ध्वनि उपचारबाट निराकरण गर्न सकिन्छ । जसमा चिकित्सकले एक वा सोभन्दा बढी कचौरा बजाएर ध्वनि उपचार गर्ने गर्दछन् । कचौरा, मन्दिरका घण्टीहरु र सोही प्रकृतिका वाद्ययन्त्रहरुको सहायताले ध्वनि उपचार गरिंदै आएको छ । 


    ध्वनि स्नानले क्रोध, रिस, इष्र्याबाट छुटकारा पाइन्छ । ध्वनिले मन र शरीरलाई स्थिर र चङ्गा बनाउँछ । हरेक ध्वनिको लय र आवाजमा फरकपन भेटिने गरेको बताइन्छ । ध्वनि उपचार भनेको गुञ्जन हो । उपचारका लागि गाउँपालिकाले छुट्टै कक्ष, उपकरणसहित तालिम प्राप्त जनशक्तिको समेत व्यवस्थापन गरिसकेको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij