परासी
पश्चिम नवलपरासीमा ११औं उद्योग दिवस ‘औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय परासीले उद्योगी व्यवसायी र सरोकावालासँग अन्तरक्रिया कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा उद्योगबाट उत्पादन बस्तुहरु बजार नपाउँदा समस्या भएको बताएका छन् । उनीहरुले उत्पादन गरेको बस्तुहरु सहज बजार नपाउँदा लगानी डुब्ने गुनासो गरेका छन् । व्यवसायीहरुले बजार उचित व्यवस्थापन गर्न तीनै तहका सरकारहरुसँग माग गरेका थिए ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय परासीका वरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेको प्रमुख अध्यक्षता तथा जिल्ला समन्वय समितिको प्रमुख भगौती यादवको प्रमुख आतिथ्यता भएको कार्यक्रमा बोल्दै तीनवटै सरकारसँग बजारीकरणको उचित व्यवस्थपान गर्न सहकार्य समन्वय गर्ने बताए ।
उनले सात वटै स्थानीयबाट उत्पादन भएको बस्तुहरु राख्नको लागि जिल्ला समन्वय समितिले कोठा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । यहाँ स्थापना भएको उद्योगहरुका स्थानीयहरु स्वारोजगार बनाइ रोजगारी दिनुपर्नेमा उनले जोड दिए । उद्योगहरुले सामाजिक उत्तरदायित्व बढ्उनुपर्नेमा जोड दिँदै उद्योगले गर्नुपर्ने कार्यमा रोजगारी सृजर्ना गर्न आवश्यक रहेको बताए ।
वरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले घरेलुले सम्पादन गरेको कार्य प्रगाति प्रस्तुत गदै चालु आबको चार महिनाको अवधिमा एक सय ६ वटा उद्योग दर्ता भएको ,र नबिकरण दुई सय ८४ वटा र उद्योग २६ वटा खरेजी गरिएको बताए । उनको अनुसार वाणिज्यतर्फ एक सय ३७ वटा फर्म दर्ता भएको तीन सय ८०वटा नविकरण तथा २९ फर्म खारेजी गरिएको छ ।
चार महिनाकाको अवधिमा ३१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरिएको पाण्डेले जानकारी दिए । कार्यक्रममा रामग्राम नगरपालिका उप–मेयर सम्झना चौधरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, घरेलु तथा साना उद्योग कार्यालयका धिरेन्द्र गिरी, घरेलुका उद्याम सहर्जकर्ता मनोज चौधरीलगायतले धारण राखेका थिए ।




