बासुदेव ढकाल / रामपुर पाल्पा । पाल्पाकाे रामपुरलाई धार्मिक महिमा वढाई प्रचार प्रसार गर्ने उद्देश्यले रामपुरमा विवाह पन्चमी उत्सव मनाईएकाेछ ।
रामपुर नगरपालिकाकाे आयाेजनामा पहिलाे पटक रामपुर नगरपालिका ५ रामघाटबाट राचन्द्र भगवान बेहुला जन्ति र रामपुर नगरपालिका ३ सिताकुण्डमा सीता माता बेहुली वानई रामसिताकाे विबाह उत्सव मनाईएकाे हाे ।
गण्डकी महात्म्य हिमवत खण्डमा मर्यादापुरूषाेतम राचन्द्र वनबासका क्रममा ३ महिना रामपुरमा रहदा रामघाटमा रामले नुहाएकाे र सिताकुण्डमा सितामाता गुप्तबास बसेकाे उल्लेख भएकाे धार्मिक विश्वास आधारमा यसकाे धार्मिक विस्वास र महत्व बढाउन विवाह पन्चमी उत्सव मनाउन सुरू गरेकाे रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए ।
विबाह पञ्चमीकाे अवसरमा नगरपालिका र मातहतकाे कार्यालय,शैक्षिक सस्था ,संघसस्था स्थानीय विदा दिएर भब्य बरियात सहित भगवान रामचन्द्र र सिता माताकाे विवाह पञ्चमीकाे उत्सवमा जन्ती पक्ष रामघाट, रामचुला र घरभेटी पक्षले सिताकुण्डमा स्वागत गेट निर्माण ,पन्चेबाजा,सगुन भाेजभतेर सहित विभिन्न जातजातिकाे झाँकीकाे प्रदर्शन गरि विभिन्न जातजातिले आआफ्नाे भेषभुसामा नाचगान गरि विबाह उत्सव मनाएकाे सिताकुण्ड माईतिपक्षका सन्दिप रानाले जानकारी दिए।
भगवान रामकाे नाम नामसंग जाेडिएकाे रामपुरमा रामघाट,राम मन्दिर,रामचुला,रामकुवा,रानीवास, राङभाङ राम्चे सिताकुण्ड सिताकाेट लगाएतकाे धार्मिक महिमा बढाउन अब विबाह पञ्चमीका दिन हरेक बर्ष विवाह पञ्चमी उत्सव मनाउने रामपुर नगरपालिकाले जनाएकाे छ।




