२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विजनेश इन्कुवेशनबाट १४ नवउद्यमीले लिए लाभ

विजनेश इन्कुवेशनबाट १४ नवउद्यमीले लिए लाभ

विजनेश इन्कुवेशनबाट १४ नवउद्यमीले लिए लाभ

विजनेश इन्कुवेशनबाट १४ नवउद्यमीले लिए लाभ

विजनेश इन्कुवेशनबाट १४ नवउद्यमीले लिए लाभ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको विजनेश इन्कुवेशन कार्यक्रम सकिएको छ । गएको बैशाखबाट सुरु गरिएको तेस्रो चरणको विजनेश इन्कुवेशन कार्यक्रमको शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो । यो विजनेश इन्कुवेशनमा सहभागि हुनका लागि २४ जना नवउद्यमीले आवेदन दिएकोमा १४ जनालाई छनौट गरि सहभागी गराइएको संघले जनाएको छ । 


    नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रममा प्राकृतिक, स्थानीय स्तरमा पाईने, खेर गईरहेका बस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर उद्यम सुरु गरेका नवउद्यमीहरुलाई सहभागी गराइएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । नवउद्यमीका लागि पनि यो एउटा राम्रो अवसर भएको उनको भनाइ छ । 


    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालभर करिव ४० वटा विजनेश इन्कुवेशन केन्द्र स्थापना भएको जानकारी गराउँदै अहिले बुटवल उद्योग वाणिज्य संघले मात्रै तालिम कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरेकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु तथा साना उद्योग प्रवद्र्धन केन्द्रलाई धन्यवाद व्यक्त गर्दै नवउद्यमीहरुलाई शिड मनीको रुपमा आर्थिक सहायता प्रदान गर्न पनि सरकारसंग आग्रह गरे । 


    देशमा उद्यमशिलता विकासको आवश्यकता रहेकोमा जोड दिँदै नवउद्यमी युवाहरुलाई स्वदेशमा रोक्नका लागि पनि उद्योग व्यापार व्यवसायको विस्तारका लागि शिड मनी आवश्यक रहेको उनले बताए । 


    लघु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख सहसचिव वेदप्रसाद खरेलले नेपालमा नेचुरल रिसोर्सेसको आधारमा सञ्चालन गरिने उद्योग दीगो र भरपर्दो हुनसक्ने बताए । उनले नेचुरल रिसोर्सेसका आधारमा बजारको माग अनुसारका बस्तुको उत्पादनले मागको पूर्ति पनि हुने र उद्योग पनि चल्ने बताउँदै प्राकृतिक स्रोत साधनमा आधारित भएर खेर जाने बस्तुको प्रयोग गरेर उद्योगको सुरुवातले अरु उद्यमीहरुलाई पनि सकारात्मक सन्देश दिएको जनाए ।  सहसचिव खरेलले सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गरिरहेको बताउँदै निजी क्षेत्रको रचनात्मक गतिविधिले सरकारलाई पनि सहयोग मिलेको भनाइ राखेका थिए । उनले नवउद्यमीहरुलाई छिमेकी भारत र चिनका उद्योगीहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले गुणस्तरीय प्रतिस्पर्धी क्षेमताका बस्तुको उत्पादन गर्न आग्रह गरे । 


    त्यसैगरी संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले उद्यमशिलता विकासका लागि विजनेश इन्कुवेशन कार्यक्रम प्रभावकारी भएको बताउँदै बजेटमा निरन्तरता दिन आग्रह गरे । 
    त्यस अवसरमा संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याललगायतले नवउद्यमीलाई उद्यमशिलता विकाससंगै सरकारले लगानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने र निजी क्षेत्रको मनोवल पनि बढाउनु पर्ने भनाइ राखेका थिए । विजनेश इन्कुवेशन कार्यक्रममा सहभागि नवउद्यमीहरुले आफ्नो आफ्नो उद्योगका उत्पादनको डेमोस्ट्रेसन सहित उत्पादित बस्तुको बारेमा  जानकारी गराएका थिए । त्यस्तै आवश्यक थप लगानीका लागि सहायता माग गरेका थिए । 


    बुटवल उद्योग वाणिज्य संघले २०७६ सालमा विजनेश इन्कुवेशन सेन्टर स्थापना गरि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अगाडि पनि संघले २ पटक यो कार्यक्रम सञ्चालन गरिसकेको थियो । ती कार्यक्रममा सहभागिहरु राम्रो उद्यम सञ्चालन गरिहेको संघले जनाएको छ ।

    विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन अवधिमा मास्टर क्लास, व्यवसायिक विकास सम्बन्धि कोचिङ, डिजिटल मार्केटिक तालिम, व्यवसाय दर्ता तथा ऐन कानुन सम्बन्धि कुराहरुको समेत प्रशिक्षण गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए । उनका अनुसार विजनेश इन्कुवेशनमा सहभागी नवउद्यमीहरुलाई व्यवसायका व्यवहारिक कुराहरु, उत्पादित बस्तुको बजार, उपभोक्ता (ग्राहक), बस्तु विकास, बस्तुको बजार परीक्षण, बजारका लागि सञ्जाल विस्तार, बजारीकरणका सीपलगायतका कुराहरु सिकाइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij