बुुटवल । अशुरक्षाको कारणले बुटवलमै एक परिवार आफ्नै घरमा बस्न पाएको छैन् । बुटवल उप–महानगरपालिका १३ साविक तारा टोल (हाल नागरिक टोल)मा आफ्नै एकतल्ले घर भए पनि आफ्नो घरमा बस्न नपाई भाडामा बस्नुपरेको स्व. यमप्रसाद नेपालको परिवारले दैनिक लुम्बिनी समक्ष गुनासो गरेको छ ।
स्व. नेपालका छोरा दिपेश राज नेपालसंगको दुस्मनीमा २०७९ पुस २२ गते स्व.यम प्रसाद नेपालको कुटपिटबाट हत्या भएको थियो ।
नारायणी नेकपा एमाले बुटवल उपमहानगर कमिटी पूर्व बिभागीय सद्स्य हुन् भने दिपेश राष्ट्रिय युबा संघ जिल्ला कमिटीका पूर्व सद्स्य तथा अनेरास्ववियु बुटवल नगर कमिटी पूर्व उपाध्यक्ष हुन् । हत्यामा संलग्न प्रदिप पाण्डे, अमृत पराजुली, अनिल पराजुली र खेम पाण्डे पक्राउ परेका थिए । उनीहरु तत्कालीन रुपमा धरौटिमा छुटेदेखी अशुरक्षा महसुस गरि नेपाल परिवार घर छाडेर अन्तै डेरामा बस्न बाध्य छ ।
चार जनालाई जिल्ला अदालत रुपन्देही र उच्च अदालत तुलसीपुर बुटवल इजलाशले सफाइ दिएको छ । तर नेपाल परिवारले मुद्दा सर्वोच्चमा पठाउन उच्चलाई आग्रह गरेका छन् ।
कहिकतैबाट सुरक्षा नपाएको गुनासो
नेपाल प्रहरीलाई शान्तीशुरक्षा गरिपाउँ भन्ने निवेदन दिएपनि प्रहरीले कुनै सहयोग नगरेको स्व. यमप्रसाद नेपालकी श्रीमती नारायणी नेपालले दैनिक लुम्बिनीलाई बताईन् । उनले अहिले सम्म प्रहरी, जनप्रतिनिधि तथा टोल विकास संस्थाहरुबाट कुनै समन्वय नपाएको गुनासो गरिन् ।
उनले भनिन्–‘जतिबेला मेरो श्रीमानको मृत्यु भएको थियो, म २ छोरासहित त्यहीँ थिएँ । हत्याराहरु धरौटीमा छुटेकाहरुले साँझको समयमा मोटरसाइकलमा घर नजिक जम्मा हुने, हो हल्ला गर्ने गर्न थालेपछि अर्कोदिनदेखी डेरामा सरेका हौँ । ’
बदलाको भावनाले कुण्ठीत हुनसक्ने भन्दै छोराहरु सहित डेरा सरेदेखि नारायणी सो घरमा फर्केकी छैनन् । उनको त्यो घरमा अन्य परिवार भाडामा बस्दै आएको छ ।
यसरी भएको थियो घटनाको शुरुवात
यता उनका कान्छो छोरा दिपेश राज नेपाललाई ब्ल्याकमेल गर्न बुटवल १३ की रिता (नाम परिवर्तन)ले दिपेशको मोबाइल लगेर गोपनीयता भंग गर्ने चेतावनी दिएकी थिईन् ।उनले यसको बदलामा नगद समेत माग गरिन् । रिता (नाम परिवर्तन) अमृत पराजुली, अनिल पराजुलीकी सानीमा हुन् ।
मोबाईल फिर्ता नदिएपछि दिपेशले ईलाका प्रहरी कार्यालय बुटवलमा मानिस झिकाई आवश्यक कानुनी कारवाही गरि पाउँ भन्दै उजुरी हाले । दिपेशकै छिमेकी भएकोले घरपरिवारले सहमतीमा समस्या समाधान गर्ने भनेपछि उजुरी फिर्ता गरे । तर दुईदिनसम्म मोबाईल फिर्ता आएन् ।
उजुरी फिर्ताको दुई दिनपछी २०७९ पुस २२ गते साँझको ५ बजे ४ रिताकी दिदि गायत्रा पराजुली, प्रदिप, अमृत, अनिल, खेम लगायतको हुलले दिपेश र परिवारलाई कुटपिट गरे । सोही क्रममा वडा प्रहरी कार्यालय बेलबासबाट प्रहरी आएर घटना नियन्त्रण ग¥यो ।
कुटपिटबाट सख्त घाईते भएका स्व. यमप्रसाद नेपालले प्रहरीकै अगाडी आफ्नो ज्यान गएमा हत्यामा संलग्न रहेको भनिएका प्रदिपलाई देखाउँदै आफ्नो मृत्युको कारण उही रहेको बताएका थिए । यद्यपी अस्पतालले भने कुटपिटले ह्ृदयघातका कारणले ज्यान गएको भनी मृत्यु प्रमाणपत्र दिएको छ । दिपेशलाई फसाउन अनेक षडयन्त्र
नारायणीका छोरा दिपेशलाई फसाउन रिता (नाम परिवर्तन)का आफन्तलाई जिल्ला अदालत रुपन्देहीले थुनामा पठाउने आदेश दिएपछि घटनालाई मोड्न दिपेशले रीतालाई करणी गरेको भन्दै उल्टो उजुरी दिइएको नारायणीले बताईन् ।
करणी गरेको दिन र समय भनी उजुरीमा उल्लेख गरिएको समयमा दिपेश ईलाका प्रहरी कार्यालय बुटवलमा रहेको प्रमाण शुरक्षित भएपनि मुद्दाशाखामा कार्यरत प्रहरीले प्रमाण लिन नमानेको गुनासो गरिन् ।
अहिले रिता करणी आरोपमा जिल्ला अदालत रुपन्देहीमा दिपेशको मुद्दा चलिरहेको छ ।




