२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२

  • नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित रामग्राम स्तुप विश्वभरिका बुद्धको एकमात्र सिङ्गो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । 


    रामग्राम स्तूपमा सन् २०२५ जनवरी १ देखि अक्टोबर अन्तिमसम्मको १० महिनामा १७ हजार ४१७ जना पर्यटकले भ्रमण गरेका रामग्राम स्तुप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिए । उनले भने–“गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष तीन हजार ७३८ बढी पर्यटक स्तुप अवलोकनका लागि पुगेका छन् ।”


    रामग्राम स्तुपमा सबैभन्दा बढी थाइल्याण्डका छ हजार ६६८ पर्यटकको आगमन भएको पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिए । आन्तरिक पर्यटकमा माथिल्लो मुस्ताङका दुई हजार ३७९ यहाँ पुगेका भन्दे सबैभन्दा कम युगाण्डाका एक जना रहेका बताए । उनका अनुसार स्तुपमा नेपाल बाहेक ३६ देशका पर्यटक आउने गरेका छन् । रामग्राम स्तुपमा पछिल्लो समय पर्यटक बढ्न थालेपछि स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारी पाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij