२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटन मैत्री बनाउन नगर प्रमुख खानको सक्रियता

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटन मैत्री बनाउन नगर प्रमुख खानको सक्रियता

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटन मैत्री बनाउन नगर प्रमुख खानको सक्रियता

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटन मैत्री बनाउन नगर प्रमुख खानको सक्रियता

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटन मैत्री बनाउन नगर प्रमुख खानको सक्रियता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • भैरहवा । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गरेका छन् ।


    यसअघि जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन नगरप्रमुख खानले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गराए । अब तत्काल काम अघि बढाउने विषयमा उनले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरूसँग स्थलगत निरीक्षण गर्दै विस्तृत छलफल गरेका थिए । 


    “बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो । यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको पहिलो प्रभाव सकारात्मक पर्छ,” नगरप्रमुख खानले भने ।

     

    लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बेलहिया नाकाको सुन्दरीकरणले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए । पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले प्राविधिक तथा बजेटको हिसाबले काम अघि बढाउन कुनै समस्या नरहेको जनाए ।


    नगरप्रमुख खानले चाँडै काम अघि बढाएर सुन्दरीकरण, हरियाली, फुटपाथ, सडक बत्ती, स्वागतद्वारलगायत काम एकैसाथ सुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।


    बेलहिया नाका सुन्दरीकरणले नेपाल–भारत सीमा क्षेत्रको मुहार फेरिने र लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij