२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बुटवलमा अन्तरक्रिया

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बुटवलमा अन्तरक्रिया

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बुटवलमा अन्तरक्रिया

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बुटवलमा अन्तरक्रिया

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बुटवलमा अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • बुटवल । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान–२०८१ को अवसरमा बुटवल उप–महानगरपालिकामा अन्तरपुस्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रविधि, लैंगिक हिंसा, सामाजिक संरचना र भविष्यका पुस्ताको भूमिकाबारे बहस भएको थियो।

    कार्यक्रमको स्वागत मानव अधिकारका लागि महिला–एकल महिला समूह की अध्यक्ष रिता सेनले गर्दै, लैंगिक हिंसा प्रतिरोधमा सामुदायिक एकताको आवश्यकता औँल्याइन्।

    प्रमुख अतिथि साबित्रा अर्यालले महिलाको अधिकार सुनिश्चित भएको समाजमै सु–शासन सम्भव हुने उल्लेख गर्दै, “महिलाको नेतृत्वले समाजलाई दीगो रूपान्तरणतर्फ लैजान सक्छ,” भनिन्।

    उनले स्थानीय तहमा महिला नेतृत्व बढ्दो अवस्थालाई सकारात्मक संकेतका रूपमा उल्लेख गर्दै आगामी निर्वाचनमा महिला प्रमुख, उप–प्रमुख तथा प्रशासनिक पदहरूमा अझ सक्रिय र सुनिश्चित सहभागिताको आवश्यकता रहेको बताइन्।

    कार्यक्रममा वक्ता तुल्सा अर्याल र लैङ्गिक फोकल पर्सन जमुना भण्डारीले नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म अझै सुधारको खाँचो रहेको टिप्पणी गरे।

    कान्ति मावि कक्षा–१२ की एक छात्राले आफ्नो पुस्ताले देखिरहेको सामाजिक परिवर्तन र लैंगिक हिंसा विरुद्ध सशक्त रूपमा आवाज उठाउने हिम्मतको आवश्यकता जोड दिएर भनिन्।

    सञ्चारिक समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग तथा डिजिटल प्लेटफर्ममा युवाहरूको भूमिकाबारे प्रस्तुति दिँदै, प्रविधिलाई सुरक्षित रूपमा उपयोग गर्न सके मात्र लैंगिक हिंसाका नयाँ स्वरूपहरू रोक्न सकिने बताइन्।

    वक्ताहरूले नेपालमा सामाजिक रूपान्तरणको यात्रामा एकल महिलाहरूको योगदान उल्लेखनीय रहेको, उनीहरूको संघर्ष, आत्मनिर्भरता र नेतृत्वले समुदायमा प्रेरणा थपिरहेको बताएका थिए।

    कार्यक्रम मानव अधिकारका लागि महिला–एकल महिला समूह रूपन्देहीको आयोजनामा तथा क्रुवे वुस्ट्राे को सहयोगमा सम्पन्न भएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij