२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिलोत्तमामा स्थायी मेलास्थलको माग

तिलोत्तमामा स्थायी मेलास्थलको माग

तिलोत्तमामा स्थायी मेलास्थलको माग

तिलोत्तमामा स्थायी मेलास्थलको माग

तिलोत्तमामा स्थायी मेलास्थलको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८औं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि सुरु भएको छ । 


    महोत्सवको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले यो महोत्सव स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर भएको चर्चा गरे । यो अवसरलाई साना ठूला सबै उद्योगी व्यवसायीले सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । 


    मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सृजना गरेको भन्दै मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 


    कार्यक्रममा नगरपालिकाका उप–प्रमुख जागेश्वरीदेवी चौधरीले स्थानीय उद्योगी व्यवसायीको व्यवसायिक उन्नतिकोे लागि महोत्सवले सघाउने विश्वास व्यक्त गरिन् । उनले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारको मेलास्थल निर्माणको आवश्यकता रहेको औंल्याइन् । 


    कार्यक्रममा बोल्दै महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले तिलोत्तमामा स्थायी प्रकारको मेला स्थल अति आवश्यक रहेको भन्दै यसको लागि नगरपालिकाले मुख्य पहल गर्नुपर्नेमा जोड दिए । संगठनले साना उद्योगी व्यवसायीलाई पनि साथमा लिएर मेला महोत्सव गर्ने गरेको उनको भनाइ छ । 
    कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमाका अध्यक्ष हरिलाल पाण्डे, एमाले अध्यक्ष मीनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार संघ बुटवलका उपाध्यक्ष पदम जीसी, संगठनका उपाध्यक्ष भूपति न्यौपानेलगायतले बोल्दै मेला सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए ।


    उद्घाटन कार्यक्रमअघि सचेतना ¥यालीमा सहभागी समूहमध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको छ । पहिलो हुने नेपाल मगर संंघ तिलोत्तमा, दास्रो लुम्बिनी एफएम टोल आमा समूह, तेस्रो नमूना टोल आमा समूह, चौंथो कुन्ज टोल समूह र सान्त्वना जापनिज कराँते डो को समूह नगदसहित पुरस्कृत भएको ¥याली व्यवस्थापन उप–समिति संयोजक पवित्रा पौडेलले जानकारी दिइन् । 
    महोत्सव पुस १ गतेसम्म चल्ने छ । 


    सोमबारै बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मेलास्थमा रक्तदान समेत गरिएको थियो । कार्यक्रम संयोजक नितेश सिलवालका अनुसार एक सय १० जनाले रक्तदान गरेका थिए । 


    महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आइफिल टावर, बालउद्यानलगायतका संरचना निर्माण गरिएको छ । 


    महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिला उद्यमीका उत्पादनलगायत सामग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij