२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

छिमेकी भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै  हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा गराउन र यहाँका हिल स्टेशनलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउँछन् ।

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

छिमेकी भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै  हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा गराउन र यहाँका हिल स्टेशनलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउँछन् ।

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • बुटवल । 
    बुटवलसँग जोडिएको पाल्पाको बसन्तपुरस्थित कामाख्या धाम पर्यटकीय गन्तव्यसँगै पछिल्लो समय विवाह स्थल (वेडिङ डेस्टिनेसन)का रुपमा विकास हुन थालेको छ ।

     
    आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा साढे दुई वर्षअघि लुम्बिनी प्रदेशमै पहिलोपटक लुम्बिनी केवलकार सञ्चालनमा आएको थियो । 

    472711983_479052531893420_6301285283384766199_n.jpg


    साढे दुई वर्षमा करिब चार लाख पर्यटक भित्रिएको कम्पनीले जनाएको छ । जसमा भारत उत्तर प्रदेशका विभिन्न शहरबाट केवलकार चढ्न र घुम्न आउनेको संख्या उल्लेख्य रहेको व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए । 


    केवलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर पनि रहेकाले यो ठाउँलाई नेपाली र भारतीय नागरिकले घुम्न मात्र नभई विवाहस्थलको लागि पनि रोज्न थालेका हुन् । 


    दुई दिनअघि मात्रै भारत उत्तर प्रदेशका विजय जैसवाल र चाँदनी जैसवाल आफन्तसहित बसन्तपुर आएर विवाह गरेका छन् । 
    कामाख्या देवीको दर्शनले  दाम्पत्य जीवन सफल हुने र सन्तान सुख प्राप्ति तथा मानव जीवनमा आइपर्ने संकट मोचन हुने हिन्दु धर्मावलम्बीहरुमा आस्था र विश्वास रहेको छ । यही विश्वासले कामाख्या मन्दिरमा विवाह गर्न आउनेको संख्या बढ्दै गएको मन्दिरका मूल पूजारी सुरेश पौडेलले बताए । 

    591473884_731511923314145_411335393751112874_n.jpg
    ‘विवाह हरेकको जीवनको एक अविस्मरणीय सुखद घटना भएकाले हामीले नयाँ डेस्टिनेसन रोजेका हौं,’ दुलाहा विजय जैसवालले भने–‘हाम्रो परिवार कामाख्यादेवीको भक्त भए पनि भारतको गुहावटी पुग्न धेरै टाढा भएकाले नेपालको कामाख्या धाममा विवाह गर्न आएका हौं ।’


    समुन्द्री सतहभन्दा करिब एक हजार मिटर उचाइको बसन्तपुर डाँडा  हरियालीयुक्त, साँच्चिकै मनमोहक, स्वच्छ र शान्त वातावरणको रहेकाले यहाँ आएर विवाह गर्न पाउँदा छुट्टै आनन्द आएको उनले बताए । उत्तर प्रदेशका नागरिकलाई बसन्तपुर जस्तो हरियालीयुक्त चुरे पहाडी क्षेत्र र केवलकारको यात्रा गर्न भारतमा धेरै टाढा जानुपर्ने भएकाले बुटवल हुँदै पाल्पा आउन धेरै सहज र कम खर्चिलो हुने विजयले खुलाए ।    


    ‘अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा यहा विवाह गर्न आउनेको संख्या बढेको छ, यो मंसिरमा मात्रै ५ जोडीको विवाह हुँदैछ,’ पूजारी पौडेलले भने–‘यो सिजनमा विवाह गर्ने पहिलो जोडी भारत उत्तरप्रदेशका हुन् ।’


    भारत उत्तरप्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै  हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा गराउन र बसन्तपुर हिल स्टेशनलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल बताउँछन् । 

    472879250_479051455226861_4275527647294701633_n.jpg
    ‘बुटवलसँग जोडिएका हिल स्टेशनहरु बसन्तपुर, नुवाकोट र हिलपार्कमा भारतीय पर्यटक भित्राउन सम्बन्धित सरकारी निकायले यहाँका केवलकार सञ्चालक र निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ,’ अर्याल भन्छन्–‘जेनजी आन्दोलनपछि शिथिल भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने सजिलो माध्यम पर्यटन क्षेत्र नै हो ।’  


    बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केवलकारले बुटवल र पाल्पा बसन्तपुरलाई जोडेको छ । बुटवलस्थित तल्लो स्टेशनबाट करिब ३ किलोमिटर दुरीमा रहेको माथिल्लो स्टेशनमा १२ मिनेटमै पुगिन्छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केवलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कूल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ ।


    आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केवलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । साढे दुई वर्षमा झण्डै एक लाख भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशतभन्दा कम छ । 


    दशकौं वर्र्षसम्म सुनसान पाल्पाको बसन्तपुर केवलकार सञ्चालनमा आएपछि गुल्जार भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । 


    बसन्तपुरमा जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत पर्यटकीय संरचना बनेकाले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ । 


    केवलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए । 


    बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको म्यानेजर घिमिरेले बताए । 


    धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको घिमिरेले बताए । 


    केवलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं. ३ का बासिन्दालाई  टिकटमा ५० प्रतिशत छुट  तथा प्रतिटिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ । 


    अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केवलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केवलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।


    विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केवलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउँछन् ।


    केवलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचीमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।


    केवलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजनाअन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij