बुटवल । जनता समाजवादी पार्टी नेपाल रुपन्देही क्षेत्र नं २ले बुटवल वडा न.९ मिलनचोकमा विरोध तथा कोण सभा गरेको छ ।
बुटवल नगर समिति उपाध्यक्ष पार्वती बि.क.को अध्यक्षता तथा जसपा नेपालका केन्द्रिय सद्स्य साबित्रा बि.क.ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रिय सद्स्य निलम यादव,जसपा नेपालका रुपन्देही जिल्ला अध्यक्ष सिया राम यादव,जिल्ला सचिव बिष्णु अधिकारी, सह–सचिव तथा बुटवल उपमहानगरपालिका सदस्य सुनिता खड्लुक तथा नगर सचिव तेजु राना मगर लगायतले समसामयिक विषयमा बोलेका थिए ।
उक्त कार्यक्रममा जेनजीले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनबाट बनेको सरकारले अझै सम्म पनि भ्रष्टाचारीहरुलाइ कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै संरक्षण गरेको भन्दै सबै बक्ताहरुले तत्काल कारवाही गर्न माग गरेका थिए ।




