२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीका करिब ११ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

लुम्बिनीका करिब ११ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

लुम्बिनीका करिब ११ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

लुम्बिनीका करिब ११ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त संख्यामा नागरिक बिमित भएका हुन् । बीमा बोर्ड लुम्बिनीका संयोजक जनकबहादुर साउदले भने, ‘तीन वर्षमा उल्लेख्य मात्रामा नागरिक आबद्ध हुनु राम्रो सन्देश हो । आउँदा वर्षमा अझै धेरै बिमित बन्नुहुने छ भन्ने हाम्रो विश्वास छ ।’

    प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्ष भएको छ । यो अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएको बोर्डको तथ्यांक छ । ‘यो संख्या प्रदेशको कुल जनसंख्याको २१ दशमलव ३३ प्रतिशत हो, हामीले पूरै नागरिकलाई बीमामा आबद्ध गर्ने गरी कार्यक्रमहरु अघि बढाएका छौं’, साउदले भने ।

    प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ छ । यसमध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला र १ सय १७ जना अन्य छन् । ‘छोटो समयमा यतिधेरै नागरिक बिमित हुनु सकारात्मक कुरा हो’, उनले भने, ‘कार्यक्रमको प्रधावकारिता बढ्दै गइरहेको छ, विस्तारै सबै नागरिक समावेस हुन्छन् भन्ने विश्वास लिएका छौं ।’


    साउनले प्रदेशका बाँकी ७९ प्रतिशत नागरिकलाई पनि बीमा कार्यक्रममा समाबेस गर्नका लागि पहल भइरहेको जनाए । बोर्डले दिएको तथ्यांक अनुसा पाल्पामा २ लाख ३६ हजार ७ सय १७ जना नागरिक स्वास्थ्य बीमाबाट बिमित भएका छन् । नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बीमा सेवा कार्यक्रम विस्तार गरिएको थियो ।

    रुपन्देही जिल्लामा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलवस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५ नागरिक बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिममा ४४ हजार १ सय ६८, रोल्पामा ३८ हजार ९ सय ३९ बिमित छन् ।

    सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयले जानकारी दिएको छ । बीमा कार्यक्रमले नागरिकलाई उपचारमा सहज हुने गरेको छ । यसैले कार्यक्रममा सहभागिता हुन सबैलाई बोर्डले आग्रह गरेको छ । ‘बीमाका फाइदा धेरै छन्, समयमै बीमा गरेर यसबाट लाभ लिन सकिन्छ’, साउदले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij