२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै

लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै

लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै

लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै

लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • बुटवल 
    पछिल्लो समय लुम्बिनीमा उच्चस्तरीय कार्यक्रमले गति लिन थालेका छन् । यसैक्रममा ‘विश्व शान्ति कार्यक्रम’ मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन् । उनीहरु यहाँ आएर विश्व शान्ति कार्यक्रममा सहभागी हुनेछन् । समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।


    आयोजक संस्था द प्रामिज्ड ल्यान्ड फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेसन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । 


    आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजारभन्दा बढी सहभागी उपस्थित हुनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् ।


    कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र संसारकै एक मात्र अवशिष्ट रामग्राम स्तुपामा केन्द्रित हुनेछ । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिए । 


    कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उनले बताए ।


    कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्वसदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्ति कार्यक्रममा सहभागी हुँदै छन् ।


    उनले नेपालको वर्तमान अवस्थाको सेफल्यान्डिङ लुम्बिनीबाट गरी उज्ज्वल भविष्य निर्माण गर्ने, विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् । 


    के के हुनेछ ?
    कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याण सम्बन्धी उच्चस्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुनेछन् । यस्तै डिसेम्बर १२ मा रामग्राम स्तुपामा आयोजना हुने दीप प्रज्ज्वलन समारोहमा हजारौँ दीप प्रज्ज्वलित गर्दै विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ ।


    विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि सुरु भएको हो । तेस्रो संस्करणमा २५ जना विश्व अर्बपति उपस्थिति हुने कारण नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा समेत व्यक्त गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij