२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘नेपालको भ्रमणमा आउनुस्’

‘नेपालको भ्रमणमा आउनुस्’

‘नेपालको भ्रमणमा आउनुस्’

‘नेपालको भ्रमणमा आउनुस्’

‘नेपालको भ्रमणमा आउनुस्’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले नेपालको भ्रमणमा आउन भारतीय पत्रकार र पत्रकारमार्फत् भारतीय नागरिकलाई आग्रह गरेको छ । नेपालको पर्यटन प्रवर्धन तथा भारतका ऐतिहासिक स्थलहरुको अध्ययनका लागि उत्तरप्रदेशको अयोध्या र बनारस पुगेको क्लबको टोलीले यस्तो आग्रह गरेको हो ।


    आइतबार बनारसस्थित काशी पत्रकार संघ र वाराणसी प्रेस क्लबसँग आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रेस क्लबले पर्यटन प्रवर्धनका लागि दुवै क्षेत्रका पत्रकारहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।


    क्लबका अध्यक्ष कमल रायमाझीले लुम्बिनी र बनारस दुवै महत्वपूर्ण स्थल भएको बताए । उनले काशी पत्रकार संघ, बनारसी प्रेस क्लबलाई नेपालको भ्रमण गर्न आग्रह गरे । अध्यक्ष रायमाझीले भारतीय पत्रकारले पनि नेपाल भ्रमण गर्न यहाँका नागरिकलाई प्रेरित गर्नुपर्नेमा जोड दिए ।


    त्यस्तै महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध रहेको बताए । उनले पछिल्लो समय दुवै देशका पत्रकारबिच राम्रो सम्बन्ध स्थापित भएको बताए । अध्यक्ष त्रिपाठीले नेपालीले भारत र भारतीयले नेपालको भ्रमण गर्दा दुई देशको पर्यटन प्रवर्धनमा टेवा पुग्ने जनाए ।


    काशी पत्रकार संघका अध्यक्ष अरुण मिश्रले काशी पत्रकारको पनि तीर्थस्थल भएको बताए । उनले बनारस आर्थिक रुपमा पनि मजबुत बनेको जनाए । ‘लुम्बिनीमा भगवान गौतमबुद्धको जन्म भयो, उहाँले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो, यसले पनि दुई देशबिच सदियौंदेखि प्रगाढ सम्बन्ध रहेको दर्शाउँछ ।’–मिश्रले भने ।


    वाराणसी प्रेस क्लबका अध्यक्ष चन्दनकुमार रुपानीले नेपाली र भारतीय पत्रकार पर्यटन प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । नौतनवा प्रेस क्लबका अध्यक्ष आलोक जोशीले पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताए । काशी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र तिवारीले दुई देशबिचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए ।


    लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले क्लबको बारेमा जानकारी गराउँदै तेस्रोपटक न्यूज फेस्टीवल आयोजना गर्न लागिएको जनाए । क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले क्लबले आयोजना गर्न लागेको न्यूज फेस्टीवलमा सहभागी हुन काशी पत्रकार संघ र बनारसी प्रेस क्लबलाई आग्रह गरे ।


    क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले नेपाल र भारतबिच सम्बन्ध बलियो रहेको बताउँदै यसअघि क्लबले सिक्किम प्रेस क्लबसँग भगिनी सम्बन्ध बनाएको उल्लेख गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij