२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मौलिक खाना प्रवर्धन गर्न सडक महोत्सव

मौलिक खाना प्रवर्धन गर्न सडक महोत्सव

मौलिक खाना प्रवर्धन गर्न सडक महोत्सव

मौलिक खाना प्रवर्धन गर्न सडक महोत्सव

मौलिक खाना प्रवर्धन गर्न सडक महोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव सुरु भएको छ । वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म १९ गतेसम्म सञ्चालन हुने तीन दिने प्रथम वालिङ सडक खाना महोत्सवको वालिङ नगरपालिकाले आयोजना गरेको हो । मौलिक खानालाई प्रवर्धन गर्दै बजारसम्म पु¥याउन आयोजना गरिएको सडक महोत्सवको ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ मुल नारा रहेको छ ।


     सडक खाना महोत्सवले स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । 


    सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सद्भाव र पहिचान प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टल रहेका छन् । महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रीलगायतका जातजातिहरुको मौलिक परिकारको प्रदर्शनी तथा बिक्री, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातीय रितिरीवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ । आँधीखोले सभ्यता, स्थानीय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुख्र्यौली परिकारदेखि आधुनिक परिकारसम्मको स्वाद लिन पाइनेछ आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिए । 


    महोत्सवमा स्थानीय कृषिलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बिउबिजन तथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनी र प्रवर्र्धन गरिनेछ । राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिदेखि नगरभित्रका प्रतिभा प्रस्फुटन समेत गरिने व्यवस्था मिलाइएको छ ।  


     प्रथम सडक खाना महोत्सवले स्थानीय तथा मौलिक खानाको प्रवर्धन गर्दै पर्यटन आवागमनको विकासका लागि टेवा पु¥याउने महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले बताए । 


    महोत्सवले स्थानीय होटलहरुको प्रवर्धन गर्दै मौलिक खानालाई बजारसम्म ल्याउन सहयोगी बन्नेमा विश्वास गरेको बताउँदै प्रमुख जिटीले स्थानीय कलाकार र परिकार तथा उत्पादनलाई महोत्सवमा विषेश प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij