परासी । पश्चिम नवलपरासीमा बालबालिकाको लागि स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ । नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्र परासीले बालबालिकाको लागि स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
बालबालिकाको रोग प्रतिरोध क्षमता वृद्धि गर्न शारीरिक तथा मानसिक रुपमा सक्षम र सवाल नागरिक उत्पादन गर्न बाल्य कालदेखि नै रोग तथा नसर्ने रोगहरुको जोखिमबाट बच्चाउने उद्देश्यले यही मंसिर २२ गतेदेखि बालबालिकाको लागि स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम सञ्चालन गर्न लागिएको नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्र परासीकी प्रमुख डा.अर्चना शुक्लाले जानकारी दिइन् ।
उनको अनुसार १ वर्षदेखि ५ सम्म बालबालिकालाई बिहान ७ बजेदेखि १० बजेसम्म कार्यालयमा स्वर्णबिन्दु प्राशन खुवाउने बताइन् । पुस महिनाको २१ गते माघ महिनाको १८ गते फाल्गुन महिनाको १७ गते र चैत्र महिनाको १४ बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम तय गरिएको डा.शुक्लाले बताइन् । त्यस्तै २०८३ साल बैशाख महिनाको १० गते, जेठ महिनाको ६ गते र असार महिनाको ३ गते बालकालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम रहेको डा.शुक्लाले जानकारी दिइन् ।
बालबालिकाहरुलाई ज्वरो अजीर्ण, झाडापखाला र रुघाखोकी लागेको अवस्थामा स्वर्ण प्राशन सेवन गराउन नहुने आयुर्वेदयका वरिष्ठ कविराज विष्णु पौडेलले जानकारी दिए । उनले स्वर्णभ्रष्म मह र ब्राही घृत औषधि सामग्री मिश्रण तयार गरिएको स्वर्ण प्राशन खुवाउने कार्यक्रम रहेको बताए ।




