बुटवल । भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८१-०८२ को प्रतिवेदनअनुसार १ हजार जना शेयर सदस्य वापत एक लाखमात्र कायम हुने शेयर सदस्यहरुलाई १० प्रतिशत बराबरको वोनश शेयर कायम हुने गरी वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
रुपन्देहीको बुटवलबाट स्थापना भएको यस संस्थाले आरम्भ चौतारी लघुवित्त संस्था, हिमस्टार उर्जा कम्पनी लि., भिजन लुम्बिनी उर्जा कम्पनी लि., ट्रष्ट माइक्रो इन्सोरेन्स लि., रुपन्देही र कास्कीमा संस्थाको नाममा रहेको जग्गामा, नमोबुद्ध उर्जा कम्पनी प्रा.लि.मा लगानी र नयाँ उर्जा उत्पादनको अघि बढिसकेको प्रकृयामा समेत लगानी गरिसकेको छ ।
भिजन लुम्बिनीलाई राष्ट्रियस्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले जनाए । विक्रम संवत् २०७३ सालबाट सुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको उनको भनाइ छ ।
१० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक–फरक संस्थाको नेतृत्व गरेको र सेती नदीको २५ मेगाघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी पोखरामा बिजुली उत्पादनसमेत भइरहेको छ ।
भिजनले अहिले उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गरेको संस्थाले जनाएको छ ।




