२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांकअनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुँदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी छन् ।

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांकअनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुँदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी छन् ।

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • बुटवल । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । 


    योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको,  विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको  भन्दै उनलाई निलम्बर र छानबिन गरी कारबाही गर्न टिमले माग गरेको हो । 


    टिमले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग रोक्न नसक्ने जिम्मेवार पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ । 


    पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयाँको दियो बत्तीको ठेक्का टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरोप छ । टेण्डरको फर्म  बुझाउने समय दिउँसोको  १२ बजेसम्म मात्र भएको र त्यतिञ्जेल तीन वटा फर्मले बुझाइसकेको अवस्थामा १२ बजेपछि पनि भट्टले आफू निकटका ठेकेदारलाई आवेदन हाल्न दिन प्रयास गरेको, तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए । ‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर हाल्ने समय सकिएपछि पनि हाल्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन्,’ खानले भने–‘छानबिन गर्ने र कार्यालयको सिसिटिभी फुटेज हेर्ने हो भने  मिलेमतो गरेको पुष्टी हुन्छ ।’


    लुम्बिनी विकास कोषमा निर्माणसम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौं भुक्तानी पाउन बाँकी भएकाले रोकिने डरले सबै कुरा खोल्न नमिल्ने बताए । ‘यहाँ घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न यो सत्य हो,’ उनले भने–‘मसँग प्रमाण छ, तर अहिले सार्वजनिक गर्दा मेरो बक्यौता रोकिदिन्छन् ।’ 


    लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांकअनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुँदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी छन् । 


    गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन थियो । भट्ट अधिकांश समय काजमा भन्दै काठमाडौं बस्ने गरेकी र ३० दिन घर बिदा लिएको हाजिरी तथ्यांकमा देखिन्छ ।  खानले योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउँदै यस्ता गतिविधि सह्य नभएको बताए । योजना प्रमुख भट्ट विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरीद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको उनले आरोप लगाए ।


    लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय महत्वको संस्थाको योजना प्रमुख पदको जिम्मेवारी लिएको व्यक्ति कार्यालयमा नगण्य दिन मात्र उपस्थित हुँदा गुरुयोजनाको काममा प्रत्यक्ष असर गरेको उनले जनाए । ‘योजनाप्रमुख भट्टमाथि विभिन्न योजनामा आर्थिक चलखेल गरेको आरोप लागेकाले उनलाई निलम्बन गरेर छानबिन हुनुपर्छ,’ टिमका अध्यक्ष खानले भने–‘जेनजी युवाको मागलाई बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं ।’


    सरकारी गाडी, इन्धन, भत्ता तथा सेवा सुविधालाई व्यक्तिगत विलासिताका रूपमा दुरुपयोग गरेको पनि टिमको आरोप छ । ‘सरकारी गाडीलाई ‘फन–ट्रिप’मा प्रयोग गर्ने, गाडीलाई रित्तै काठमाडौंमा पठाउने र आफू विमानबाट यात्रा गर्ने जस्ता गतिविधि भ्रष्टाचारको चरम उदाहरण हुन्,’ खानले भने–‘यी सबै विषयमा छानबिन आवश्यक छ ।’ 


    निर्णय प्रक्रियामा अपारदर्शिता देखिँदै आएको भन्दै अध्यक्ष खानले मनलागी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरव आयोजनाको नाममा विभिन्न नदीबाट नदीजन्य पदार्थ निकाल्न कमिसन लिएर अनुमति पत्र दिने गरेको आरोप लगाए । 
    लुम्बिनी विकास कोषकाएक उच्च अधिकारीले स्थानीय युवाको टिमबाट योजना प्रमुखको निलम्बन र छानबिनको माग भएको स्वीकार गर्दै यसबारे सम्बन्धित माथिल्लो निकायमा जानकारी गराएको बताए । 


    योजना प्रमुख भट्टले भने आफूले योजनाहरुको टेण्डरमा विगतमा हुँदै आएको कमिसनको चलखेल बन्द गराएपछि विकास कोषकै माथिल्लो तहका कर्मचारीले स्थानीयलाई उचालेर आफ्नो बद्नाम गराउन खोजेको बताइन् । उनले आफू  कोषकै कामका लागि काजमा खटिएको दाबी गर्दै यो वर्ष सुत्केरी समेत भएकाले धेरै दिन बिदा बसेको बताइन् ।


     भट्टले कोषकै कर्मचारी र स्थानीयको नाममा असुरक्षा महसुस गरेको समेत बताइन् । विकास कोषका उपाध्यक्षबाट समेत आफूलाई सहयोग नभएको उनको गुनासो छ । भट्टले आफूलाई १० महिनासम्म तलब निकासा नदिएर दुःख दिइएको र मुद्दा लडेर तलब खानुपरेको समेत बताइन् । 


    गोर्खाकी भट्टलाई माओवादी केन्द्रको कोटामा योजना प्रमुख नियुक्त गरिएको थियो । उनको कार्यकाल अझै तीन वर्ष बाँकी छ । विकास कोषमा अहिले हालै नियुक्त भएका सदस्य सचिव पनि माओवादीकै हुन् । 


    उपाध्यक्ष डा. ल्हारक्याल लामा पनि माओवादीकै हुन् । कोषको पदाधिकारी र कर्मचारी प्रशासनको माथिल्लो तहका प्रमुख सबै माओवादी निकटका नियुक्त भएको गज्जबको संयोग परेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij