२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

शैक्षिक गुणस्तर सुधार्न आयोजित महायज्ञमा मन फुकाएर दान गर्दै दाताहरू

शैक्षिक गुणस्तर सुधार्न आयोजित महायज्ञमा मन फुकाएर दान गर्दै दाताहरू

शैक्षिक गुणस्तर सुधार्न आयोजित महायज्ञमा मन फुकाएर दान गर्दै दाताहरू

शैक्षिक गुणस्तर सुधार्न आयोजित महायज्ञमा मन फुकाएर दान गर्दै दाताहरू

शैक्षिक गुणस्तर सुधार्न आयोजित महायज्ञमा मन फुकाएर दान गर्दै दाताहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • बुटवल ।  ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको श्रीमद्भागवत सत्संग एवं  धार्मिक महोत्सवको दोस्रो दिन महायज्ञमा उपस्थित हुने श्रद्धालु भक्तजनहरुबाट मन फुकाएर आर्थिक सहयोग उपलब्ध भएको विद्यालयले जनाएको छ । 


     महायज्ञको दोस्रो दिन  विद्यालयका प्रधानाध्यापक शान्ति शर्माबाट रु १ लाख ११ हजार १ सय ११, कालिका मानवज्ञानका शिक्षक शिक्षिकाबाट रु १ लाख १५ रुपैयाँ, मिठु ज्ञवालीबाट रु १ लाख ११ हजार १ सय ११, पूर्णबहादुर थापाबाट रु १ लाख  ५ हजार, कमला खनालबाट रु ५१ हजार १ सय ५१, टीकाकुमारी शाहीबाट रु ३१ हजार ५५ रुपैयाँ, बलराम पौडेलबाट  रु २५ हजार १ सय ५ रुपैयाँ सहयोग  प्राप्त भएको छ । 


    महायज्ञमार्फत् विद्यालयलाई  आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी छ ।  यस शैक्षिक तथा धार्मिक महोत्सवका सन्दर्भमा बुटवल उप–महानगरपालिकाबाट रु २५ लाख, बुटवल – ४  वडा कार्यालयबाट रु ५ लाख सहयोगको घोषणा भइसकेको छ । अहिलेसम्म खाद्यान्न र जिन्सीलगायतका आवश्यक विभिन्न सामग्रीहरुसहित गरी  करिब  रु ५० लाखको  सहयोगको प्राप्त भएको विद्यालयले जनाएको छ । 


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समितिका संयोजक विष्णुमाया श्रेष्ठले  शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षाको उन्नयन, सामाजिक, धार्मिक तथा आर्थिक पक्षलाई बलियो बनाउन धार्मिक महोत्सव आयोजना गरिएको बताउँदै शिक्षा जस्तो पवित्र ठाउँमा एकपटक आएर कथावाचन श्रवण गरी  सक्दो सहयोग गर्न सम्पूर्ण  महानुभावहरुलाई आग्रह गरेकी छन् । 
     महायज्ञमा दैनिक सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेको मुखारविन्दबाट दिव्य संगीतमय श्रीमद्भागवत कथावाचन हुनेछ । महोत्सव अवधिभर दैनिकरुपमा बिहान ७ बजे यज्ञ मण्डप पूजा, बिहान ८ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, चण्डीपाठ, वेदपाठ पारायण हुनेछ । त्यस्तैगरी दिउँसो ४ बजेपछि टीका प्रसाद ग्रहण, साँझ ६ बजेदेखि श्रृङ्गारिक महाआरती हुनेछ । सोही अवसरमा धर्म, शिक्षा र समाज उत्थानमा योगदान गर्ने महानुभावहरुलाई विशेष सम्मान समेत गरिनेछ । शैक्षिक तथा धार्मिक महोत्सव यही मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij