२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कार्बाही गर्न नगरपालिकाद्वारा प्रहरीलाई पत्राचार

कार्बाही गर्न नगरपालिकाद्वारा प्रहरीलाई पत्राचार

कार्बाही गर्न नगरपालिकाद्वारा प्रहरीलाई पत्राचार

कार्बाही गर्न नगरपालिकाद्वारा प्रहरीलाई पत्राचार

कार्बाही गर्न नगरपालिकाद्वारा प्रहरीलाई पत्राचार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • रुख र माटो चोरी गर्ने पक्राउ 
    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको ओमसतिया ५ पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रुपमा काम गरीरहेको गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कार्बाहीकालागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ । 


    रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रबार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । तीन जनालाई पक्राउ गरेको छ भने एकजना फरार छन् ।


    शुक्रबार साँझ करिब ५ बजेतिर लु १ त १६६ नम्बरको ट्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान तथा माटो निकासी भइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 


    ओमसतिया–५ गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका थिए । सिद्धार्थनगर नगरपालिका–८ बस्ने अन्दाजी ३७ वर्षीय अनिलकुमार सराफ भने फरार रहेका छन् ।


    ट्याक्टरसहित उनीहरूलाई सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको थियो । त्यसलगत्तै सिद्धार्थनगर नगरपालिकाले उनीहरुलाई कार्बाही र थप अनुसन्धानकोलागि प्रहरीलाई पत्राचार गरेको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए ।

    नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन् गरी अवैध निकासी भइरहेको थियो । पक्राउ परेकाहरू बाहेक फरार व्यक्तिलाई पनि खोजी गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, काटिएका रुख र निकालिएको माटोको मूल्याङ्कन गरी क्षतिपूर्ति भराइदिनुपर्ने तथा प्रचलित कानुन बमोजिम जरिवाना गर्नुपर्ने माग नगरपालिकाले गरेको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानमै रहेको बताएको छ । रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले के विषयमा मुद्दा चलाउने भन्ने परामर्श भैरहेको बताए । आफूहरु परामर्शमा रहेको र साँझसम्ममा निश्कर्षमा पुगीने उनले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij