२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ज्यामिरे वनको साढे दुई करोडको योजना पारित

ज्यामिरे वनको साढे दुई करोडको योजना पारित

ज्यामिरे वनको साढे दुई करोडको योजना पारित

ज्यामिरे वनको साढे दुई करोडको योजना पारित

ज्यामिरे वनको साढे दुई करोडको योजना पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • देवदह । आर्थिक वर्ष २०८२-०८३ को लागि दुई करोड पचास लाख ७७ हजारको योजना पारित गर्दै ज्यामिरे सामुदायिक वन उपभोक्ता समूह सुनवलको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 


    साधारणसभामा वार्षिक योजना प्रस्तुत गर्दै समूहका अध्यक्ष टिचन गुरुङ्गले वन संरक्षण, वन विकास, सम्वद्र्धन, सदुपयोग र भूसंरक्षणको लागि एक करोड ३१ लाख, गरिबी निवारण तथा आयमुलकको लागि ५० लाख १५ हजार, प्रशासनिकतर्फ २५ लाख ७ हजार, क्षमता अभिवृद्धितर्फ २५ लाख ७ हजार र सामुदायिक तथा संस्थागत विकासतर्फ ५० लाख १५ हजार गरी दुई करोड ५० लाख ७७ हजारको योजना प्रस्तुत गरेका थिए । 


    कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासीका वन अधिकृत राजु क्षेत्रीले सामुदायिक वनहरुले कार्ययोजनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।


     उनले वनको संरक्षण, सम्वद्र्धनसँगै सही सदुपयोग गर्न आग्रह गर्दै वनलाई डढेलो, चोरी निकासीबाट बचाउनको लागि उपभोक्ताहरु सचेत हुनु पर्नेमा जोड दिए । उनले वन व्यवस्थापनको लागि सबै नागरिक जिम्मेवार बन्नु पर्ने बताउँदै वनलाई आयश्रोतसँग जोड्न आग्रह गरे । उनले वनको संरक्षण, सम्वद्र्धनसँगै विकास निर्माणमा स्थानीय तहसँग समन्वय गरेर सामुदायिक वन अगाडि बढ्न आवश्यक रहेको बताए । 


    समूहका अध्यक्ष टिचन गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल परियार, सुनवल नगरपालिका–७, का वडाध्यक्ष नारायण आचार्य, सुनवल सवडिभिजन वन कार्यालयका मणिराम खनाल, सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष सारदा पोखरेल, समूहका सल्लाहकार संयोजक वसन्त दहाल, सामुदायिक वन महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आर्चाय, लोकेश्वर बैरागीनाथ खानेपानीका गुप्तबहादुर केसीलगायतले बोल्दै प्रदेश वन ऐन परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

    कार्यक्रममा सचिव अमरबहादुर चौधरीले प्रगति प्रतिवेदन, लेखा संयोजक मोहनीलाल न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहका उपाध्यक्ष नारायणप्रसाद गौडेलको स्वागत र सचिव अमरबहादुर विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij