२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छः गोकर्ण विष्ट

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छः गोकर्ण विष्ट

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छः गोकर्ण विष्ट

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छः गोकर्ण विष्ट

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छः गोकर्ण विष्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसपटक पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुने विश्वास रहेको बताएका हुन्।

     

    ‘हामी सामूहिकतामा विश्वास गर्छौँ, पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ भन्नेमा विश्वास गर्छौँ,’ उनले भने, ‘यसपटक यो हुन्छ भन्ने‍ विश्वास छ।’

     


    त्यस्तै उनले पार्टीमा नेतृत्वको कार्यकाल दुई पटकमात्रै हुनुपर्छ भन्ने विश्वास रहेको र यसपटक उल्टिएकोमा दुखेसो पोखे ।  

     

    ‘नेतृत्वको कार्यकाल दुई कार्यकालमात्र हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ, यद्यपि त्यो अहिले उल्टियो,’ उनले थपे, ‘सबै महाधिवेशनन प्रतिनिधिले जिम्मेवार ढङ्गले मत जाहेर गर्नुहुन्छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्नुहुन्छ, पुस्तान्तरण र हस्तान्तरण गर्न लाग्नुहुन्छ भन्नेमा विश्वास छ।’

     


    महाधिवेशन स्थलमा अहिले उम्मेदवारहरूले आफ्नो प्रचारप्रचार गरिरहेका छन्। त्यस्तै अध्यक्ष केपी शर्मा ओली समर्थकहरूले होहल्ला पनि गरेका छन्।

     

    होहल्ला गरेकोप्रति विष्टले भने, ‘हामीले धेरै हल्ला गर्ने कुरामा जोड दिनेछैन। प्रतिनिधिहरु जिम्मेवार हुनुहुन्छ। उहाँहरूलाई बाह्य हल्लाले फरक पर्दैन।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij