बुटवल । जेन जी आन्दोलनका क्रममा देवदहबाट पक्राउ परेका ९ जना बुटवल इलाका प्रहरी कार्यालयबाट रिहा भएका छन्। उनीहरु रिहा भएपछि जेन जी लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्यले इच्छुक सबैलाई जिल्ला समितिमा स्वतः सदस्य पदमा आउन आह्वान गेरे ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश संयोजक खेमराज साउदले समाजको सुधार आफ्नै समुदायबाट सुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा द काउन्सिल अफ जेन–जेड रुपन्देहीका सचिव सुरज पोखरेल, सह–संयोजक विवेक पाण्डे,द काउन्सिल अफ जेन–जेड बुटवलका संयोजक मोहम्मद असलम खान, सदस्यहरू विकास केसी, योगराज पाण्डे क्षेत्री, भीमसेन श्रेष्ठ तथा द काउन्सिल अफ जेन–जेड तिलोत्तमाका सह–संयोजक निश्चल थापाको उपस्थिति रहेको थियो।




