२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१६औँ औद्योगिक प्रदर्शनीको तयारी पूरा

१६औँ औद्योगिक प्रदर्शनीको तयारी पूरा

५ सय स्टल रहने प्रदर्शनी करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने संघको अनुमान छ ।

१६औँ औद्योगिक प्रदर्शनीको तयारी पूरा

१६औँ औद्योगिक प्रदर्शनीको तयारी पूरा

५ सय स्टल रहने प्रदर्शनी करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने संघको अनुमान छ ।

१६औँ औद्योगिक प्रदर्शनीको तयारी पूरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • बुटवल
    रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आज पौष ३ गतेदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पुस १७ गतेसम्म चल्ने  प्रदर्शनीमा करिब ५०० स्टल रहने र  करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने संघका अध्यक्ष कृष्ण पराजुलीले मंगलबार पत्रकार सम्मेलनमा बताए । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको चर्चा गर्दै पराजुलीले प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुने बताए ।


    प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल–स्वदेशी अभियान’लाई थप प्राथमिकताका साथ अगाडि बढाइने जनाएको छ ।


    प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका स्टल रहने पराजुलीले बताए । प्रदर्श

    नीको प्रचारका लागि संघले  भारतको उत्तर प्रदेशका गोरखपुर, लखनउसम्म पुगेर त्यहाँका उद्योगीलाई आमन्त्रण गरेको छ । 
    मुक्तिनाथदेखि लुम्बिनीसम्मको झल्को  देखिने गरी धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा जोड दिएको संघको दाबी छ ।  
    प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरु र सरकारी निकायबिच  अन्तरसंवाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यात मूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन,पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल, औद्योगिक जनशक्ति निर्माण, कृषिमा प्रविधि र आधुनिकीकरण रहेका छन् । 


    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुति, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, हिपहप, मम्मी डान्स, लोक भजनलगायतका प्रतियोगिताहरु समेत गरिने संघका महासचिव सुमन बस्यालले बताए । प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा ६५ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति ३० वटा विभिन्न उप–समितिहरु गठन गरिएको छ । प्रदर्शनी सुरु हुनुअघि औद्योगिक जनचेतना ¥याली निकालिने प्रचारप्रसार संयोजक किरण खरेलले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij