२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवनमा बाढी

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवनमा बाढी

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवनमा बाढी

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवनमा बाढी

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवनमा बाढी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१

  • काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको छ । लगातार र ठूलो पानी परेका ठाउँमा बाढी आएको छ ।

    स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

     रुपन्देहीको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    चितवनको देवघाट, शिलिङ्गे, गोविन्दबस्ती र आसपास वर्षामापन केन्द्रमा तथा पाल्पाको बलड्याङगढीमा मध्यमदेखि ठूलो वर्षा भएकाले ती क्षेत्र भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

    आज बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij