२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ईशानको हत्यारा पक्राउ गर्न दबाब दिन ईप्रका रुद्रपुर घेराउ

ईशानको हत्यारा पक्राउ गर्न दबाब दिन ईप्रका रुद्रपुर घेराउ

ईशानको हत्यारा पक्राउ गर्न दबाब दिन ईप्रका रुद्रपुर घेराउ

ईशानको हत्यारा पक्राउ गर्न दबाब दिन ईप्रका रुद्रपुर घेराउ

ईशानको हत्यारा पक्राउ गर्न दबाब दिन ईप्रका रुद्रपुर घेराउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव नालीमा भेटिएको तेस्रो दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । 

    प्रहरीले हत्यारा पक्राउ गर्न नसकेपछि टोलविकास संस्था, आमा समुह लगायतले प्रहरीलाई दबाब दिन ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् । 

    ३ हजार भन्दा धेरै सोही क्षेत्रका स्थानीयहरु स्वतस्फुर्त रुपमा ईप्रका घराउ गर्न पुगेको ईशानका ठुलाे बुबा पुष्पराज शर्माले जानकारी दिए । शर्माले परिवारहरु घटनास्थलहरु अनुसन्धानका क्रममा रहेको समयमा स्थानीयहरु घेराउमा गएको बताए ।

    पोष्टमाटममा टाउकोमा भएको चोटको कारणले आन्तरिक र बाह्य रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकले बताएको उनले जनाए ।  

    यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरेको थियो । अनुसन्धानमा सबैको सहयोग भएमा छिटो हत्यारा पत्ता लगाउन सकिने बताए। 

    प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो ।

    शव, टाउकोमा पछाडि पट्टी चोट थियो । घटनास्थलमा केही रगत चुहिएको, लतपतिएको केही देखिएको थिएन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij