बुटवल । गौतम बुद्ध मानव सेवा केन्द्रको अस्थायी कार्यालय उद्घाटन कार्यक्रमसँगै न्यानो लुगा वितरण तथा खाना खुवाउने मानवीय सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सञ्चालन तदर्थ समितिका उपाध्यक्ष ओम पौडेलको सभापतित्व तथा कार्यसमिति सदस्य वसन्त ज्ञवालीको स्वागत मन्तव्यमा कार्यक्रम भएकाे थियाे ।
सेवा केन्द्रको उद्घाटन सेवा केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष विक्रम तिवारीकी आमा तथा प्रमुख अतिथि डा. बुद्धि शर्माले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि डा. शर्माले मानव सेवामा समर्पित कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
कार्यक्रमअन्तर्गत ४०० जना विपन्न तथा असहाय व्यक्तिहरूलाई निःशुल्क खाना खुवाइएको थियो भने जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरिएको थियो। साथै, ५० वटा बिस्तारा पनि आवश्यकता भएका व्यक्तिहरूलाई प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ।
सेवा केन्द्रका अध्यक्ष विक्रम तिवारीले केन्द्रको अवधारणा, उद्देश्य र आगामी योजनाबारे जानकारी गराउँदै सहयोगी हातहरूलाई एकजुट हुन आग्रह गरे ।




