२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक सामूहिक रूपमा शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी पूजासामग्री भण्डार, बुटवलको आयोजनामा विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा २० जना प्रशिक्षकहरूले सहभागीलाई विभिन्न समूहमा विभाजन गरी शङ्ख बजाउने व्यवहारिक अभ्यास गराएका थिए । लुम्बिनी प्रदेशसहित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता, ज्योतिष पण्डितलगायतको उत्साहजनक उपस्थिति देखिएको थियो ।

    प्रशिक्षणका क्रममा वाचन सम्राट तथा धार्मिक अभियन्ता भीमकान्त पन्थीले शङ्खको उत्पत्ति, परिचय, धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले शङ्ख फुक्दा स्वास्थ्य, वास्तु र पर्यावरणमा पर्ने सकारात्मक प्रभावबारे समेत प्रकाश पारे ।

    त्यसैगरी, प्राध्यापक डा. बाबुराम ज्ञवालीले श्रीमद्भगवद्गीता र विभिन्न पुराणहरूमा शङ्खको स्थान, महिमा तथा कथाप्रसङ्गबारे चर्चा गरे । सञ्चारकर्मी खेम रेग्मीले यस्ता कार्यक्रमले सनातन धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै निरन्तरताको आवश्यकता औँल्याए ।

    विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले घर-घरमा शङ्ख भए पनि नियमित पूजामा बज्न छोडेको, बजाउने इच्छा भए पनि सीपको अभाव रहेको अवस्थालाई ध्यानमा राखेर सबैलाई शङ्ख बजाउन सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमै पहिलोपटक यति व्यवस्थित रूपमा सामूहिक शङ्ख प्रशिक्षण देख्न पाएको उल्लेख गर्दै यसले सनातन धर्म र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रमका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष सुन्दर भण्डारीले आगामी दिनमा पनि पूजासामग्री भण्डारमार्फत यस्ता धार्मिक, सांस्कृतिक तथा प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

    आचार्य कमल पौडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले जीवनमै पहिलोपटक विभिन्न स्वर र विधिसहित निःशुल्क शङ्ख बजाउने तालिम पाउन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij