२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  •  काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ ।

     

    जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

     


    त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा ९नेपाली समय १० स् ५० बजे० सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९।३७ अमेरिकी डलर पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij