२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नागरिकले सन्त्रासबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ : सूर्यप्रसाद श्रेष्ठ

नागरिकले सन्त्रासबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ : सूर्यप्रसाद श्रेष्ठ

नागरिकले सन्त्रासबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ : सूर्यप्रसाद श्रेष्ठ

नागरिकले सन्त्रासबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ : सूर्यप्रसाद श्रेष्ठ

नागरिकले सन्त्रासबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ : सूर्यप्रसाद श्रेष्ठ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नागरिकहरूमा सन्त्रास रहेको बताएका छन् ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफल उनले यस्तो बताएका हुन् । ‘नागरिकमा सन्त्रास छ । यसबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ’ श्रेष्ठले भने ।

     


    उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने र सन्त्रास हटाउन भूमिका खेल्नुपर्ने बताए ।

     

    छलफलमा नागरिक समाज, जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका अधिकारीहरू, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीलगायतको सहभागिता छ ।

     


    प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ का लागि तोकिएको छ । उक्त निर्वाचनको तयारी र सुरक्षाको सन्दर्भमा सरकारले सर्वपक्षीय छलफल राखेको हो ।

     

    गृहमन्त्रालयका अनुसार निर्वाचनसँग सम्बन्धित चार वटा ऐन संशोधनको गृहकार्य भइराखेको छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर जिल्ला मतदान गराउने, नो भोटको प्रावधान राखने कार्यलाई कानुनद्धारा नै सम्बोधन गर्न खोजिएको छ ।

     

    विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको अधिकार दिन खोजिएको छ । अन्तर निर्वाचन क्षेत्रबाट मतदानमा प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गर्न पाउने गरी कानुनी प्रावधान राखेर मस्यौदा गरिएको छ । नो भोटको विषयमा पनि कानुन बनाएर लागू गर्न खोजिएको छ ।

     

    यी लगायतका विषयमा सरकारले सरोकारवाला पक्ष, नागरिक समाजका अगुवा, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझाव मागेको छ । सर्वपक्षीय छलफल जारी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij