२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रविपछि धरौटीमा छुटे छविलाल जोशी

रविपछि धरौटीमा छुटे छविलाल जोशी

रविपछि धरौटीमा छुटे छविलाल जोशी

रविपछि धरौटीमा छुटे छविलाल जोशी

रविपछि धरौटीमा छुटे छविलाल जोशी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • बुटवल । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छविलाल जोशी धरौटीमा रिहा भएका छन्।

    नेपाल प्रहरीका पूर्वडिआइजी रहेका जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै थुनामा थिए।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई शुक्रबार धरौटी र बिगोबापत उनको भागमा पर्ने जमानत लिएर छोड्न आदेश गरेको थियो।

    छविको हकमा निवेदन दिएपछि मात्रै पुनः विचार गर्न सकिने भन्दै उक्त मुद्दा जिल्ला अदालत रुपन्देहीमै पठाइदिएको थियो।

    सोही मुद्दामा उनको पक्षबाट शुक्रबार नै निवेदन दिइएकामा आइतबारको बहसपछि उनी रिहा भएका हुन्।

    रूपन्देही जिल्ला अदालतले सोही आदेशको आधारमा छविले एकमुष्ट तीन करोड रूपैयाँ बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जनाएको छ।

    जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले उच्चको आदेश अनुसार छविले शुक्रबार निवेदन दिएको र आइतबारको इजलासले जमानत बुझाएर छाड्ने आदेश दिएसँगै बैंक ग्यारेन्टी बुझाएर रिहा भएको बताए।

    यसअघि जिल्ला अदालतले रविलाई एक करोड रूपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश गर्दा छविलाई भने थुनामै राख्ने आदेश गरेको थियो।

    जिल्लाको उक्त आदेश विरूद्ध उच्च अदालत बुटवल इजलास गएका छविलाई उच्चले जिल्लाकै आदेश सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो। सर्वोच्चले पनि जिल्ला र उच्चको आदेश नै सदर गरेको थियो।

    त्यसपछि रवि र छविले बिगोबापत धरौटी राखेर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए।

    जिल्ला अदालतले उक्त निवेदनलाई पनि अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएकोमा उच्चले भने जिल्लाको आदेश बदर गर्दै थुनामुक्त भएर मुद्दा लड्ने बाटो खोलिदिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij