२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी

बुटवलमा फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी

बुटवलमा फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी

बुटवलमा फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी

बुटवलमा फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • बुटवल । बुटवलमा फोहोरको वैज्ञानिक व्यववस्थापन जरुरी रहेको विज्ञ र सरोेकारवालाले जोड दिएका छन् । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा यसले मानव स्वास्थ्य र वातावरणमा देखिने र नदेखिने गरी गम्भीर नकारात्मक असर पारिरहेको भन्दै उनीहरुले स्थानीय सरकारले आधुनिक प्रशोधन केन्द्र छिटो निर्माण गर्नुपर्ने सुझाव समेत दिएका छन् । 


    पर्यावरण संरक्षण समाज नेपालको आयोजना र बुटवल उप–महानगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा फोहोरको दीगो व्यवस्थापनका लागि आधुनिक प्रशोधन केन्द्र अपरिहार्य रहेको भन्दै नगरवासीले पनि प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापनमा साथ दिनुपर्ने आग्रह गरे । 


    फोहोर व्यवस्थापनमा व्यक्तिको व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण रहेको विज्ञ विजय हितानले बताए । 
     शहरी क्षेत्रमा तरल फोहोरले वातावरण र जनस्वास्थ्यमा गम्भीर नकारात्मक असर गरे पनि त्यसलाई स्थानीय सरकार र नगरवासीले बेवास्ता गरिरहेको उनले औंल्याए । हितानले बुटवल उप–महानगरपालिकामा धुवाँ, धुलो र वायु प्रदूषण मापन केन्द्र नहुनु विडम्बना भएको भन्दै बुटवलमा धुलो, धुवाँ र तिनाउको पानी सबै प्रदूषित रहेकाले विदेशी पर्यटकका लागि बस्नयोग्य शहर नरहेको भन्दै यसमा तत्काल सुधा गर्न सुझाव दिए । 


    वातावरण संरक्षण र सरसफाइका लागि पर्याप्त बजेट विनियोजन गर्न जरुरी रहेकोमा उनले जोड दिए । 
    कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाइकर्मी नगरका प्रमुख पात्र भएको बताउँदै नगर सधैँ उनीहरुको सम्मानमा रहेको बताए । उप–प्रमुख सावित्रादेवी अर्यालले पहिलेको तुलनामा नगर केही हदसम्म सफा भएको दाबी गरिन् । 


    बुटवल उप–महानगरपालिकाका सरसफाइकर्मीहरुको विशेष उपस्थितिमा गरिएको कार्यक्रममा सफाइकर्मीहरुले सरसफाइका क्रममा थुप्रै समस्याहरु आउने गरेको  गुनासो गरेका छन् । साथै सरसफाइकर्मीका लागि आवश्यक सुरक्षा सामग्रीहरु पर्याप्त नभएको गुनासो गरेका हुन् ।  कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल, योजना शाखा प्रमुख ठगिश्वर पोखरेल, वातावरण संरक्षण समाज नेपालका गणेश घिमिरे, अर्जुन ज्ञवालीले आफ्ना धारणा राखेका थिए । 
    वातावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले प्लास्टिक फोहोरले वातावरण र खेतीयोग्य जग्गामा समेत नकारत्मक असर गरिरहेकाले यसको प्रयोग घटाउनुपर्ने बताइन् । 


    बुटवलमा दैनिक ७५ टन फाहोर उत्पादन हुने गरेको छ । ल्याण्डफिल साइट नहुँदा अहिले उक्त फोहोर तिनाउ नदी किनारमा डम्पिङ गर्ने गरिएको छ । उपमहानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउन जग्गाको खोजी कार्य भैरहेको जनाएको छ । यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा बनाउन खोजिएको प्रशोधन केन्द्र जग्गा विवादका कारण सफल हुन नसकेपछि एडीबीले हात झिकेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij