बुटवल । अत्यधिक चिसो बढेसँगै बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरू लगातार चार दिन बन्द रहने भएका छन् ।
बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते (तीन दिन) विद्यालय बन्द हुने जनाएको हो । १२ गते शनिबार सार्वजनिक बिदा नै हो ।
“केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइनेउपमहानगरपालिकाका प्रखुख खेलराज पाण्डेयले जानकारी दिए ।




